‘राष्ट्रियसभाको १९औँ अधिवेशन छोटो तर ऐतिहासिक’

हिमाल प्रेस १ फागुन २०८२ १६:४८ | Friday, February 13, 2026
8
SHARES
‘राष्ट्रियसभाको १९औँ अधिवेशन छोटो तर ऐतिहासिक’

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको १९ औं अधिवेशनले संविधानको मर्मअनुसार आपसी विश्वास पैदा गर्ने र जनतामा पैदा भएको अन्योलतालाई चिर्ने काम गरेको बताएका छन्।

अधिवेशन अन्त्यका सन्दर्भमा शुक्रबार राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले १९औँ अधिवेशन समयका हिसाबले छोटो अवधि सञ्चालन भए पनि ऐतिहासिक र महत्त्वपूर्ण भूमिका पूरा गर्दै सम्पन्न भएको बताएका हुन्।

जेनजी आन्दोलनपछि बदलिएको देशको राजनीतिक परिस्थिति र प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचन घोषणा भएको अवस्थामा एक प्रकारको अन्योलताको बीच राष्ट्रिय सभामार्फत विशिष्ट कामहरू पूरा गरेको उनले बताए।

उनले कानुनी जटिलतालाई समाधान गर्ने मात्रै नभई सरकार, संघीय संसद, राजनीतिक दल र अन्य पक्षहरुसँग समेत सहमति, सहकार्य र समन्वय गर्दै संविधानको मर्मअनुसार आपसी विश्वास पैदा गर्ने र जनतामा पैदा भएको अन्योलतालाई चिर्न सफल भएको धारणा राखे।

१९औँ अधिवेशनमा ९ वटा बैठक बसी जम्मा १७ घण्टा २५ मिनेट सभाको काममा व्यतीत भएको उनले जानकारी गराए। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रियसभाको १९ औं अधिवेशन अन्त्य गरेका छन्।

प्रकाशित: १ फागुन २०८२ १६:४८ | Friday, February 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast