‘फेक’ प्रतिबद्ध पत्र राखेर भ्रामक प्रचार गरेको भन्दै वर्षमान पुनले दिए उजुरी

हिमाल प्रेस २२ माघ २०८२ १०:१७ | Thursday, February 5, 2026
8
SHARES
‘फेक’ प्रतिबद्ध पत्र राखेर भ्रामक प्रचार गरेको भन्दै वर्षमान पुनले दिए उजुरी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन। फाइल तस्बिर।

काठमाडौँ-   सामाजिक सञ्जालमा फेक प्रतिबद्ध पत्र राखेर भ्रामक प्रचार गरिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका नेता  वर्षमान पुन अनन्तले निर्वाचन आयोग र प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् ।

उक्त कार्यमा संलग्नमाथि कानूनी कारबाहीको माग गर्दै पुनले आफ्नो सचिवालयमार्फत आयोग र ब्युरोमा उजुरी दिएका हुन् । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पुन गृहजिल्ला रोल्पाबाट उम्मेदवार छन् ।

निवेदनमा अत्यन्तै भ्रामक, झुठा र चरित्र हत्या गर्ने किसिमका सामग्रीहरु सम्प्रेषण भइरहेकाले विद्युतीय कारोबार ऐन ०६३ को दफा ४७ बमोजिम सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धको कसुर तथा निर्वाचन आचारसंहिताको उल्लंघन भएको उल्लेख छ । ‘मतदातालाई भ्रमित तुल्याई स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने हनन् गरेको छ । यसले निर्वाचनको स्वच्छतालाई असर पार्ने र समाजमा द्वेष फैलाउने कार्य गरेको हुनाले उक्त भ्रामक सामग्रीहरु तत्काल हटाउन लगाउनुका साथै यस्ता कार्यमा संलग्न व्यक्तिहरु तथा समूहको पहिचान गरी प्रचलित कानून बमोजिम कडा कारबाही गरिपाउन यो निवेदन पेश गर्दछु,’ उजुरीमा भनिएको छ।

प्रतिस्पर्धीमध्येका उम्मेदवारले आफ्नो विषयमा मतदातमा भ्रम फैलाउने र चरित्र हत्या गर्ने उद्धेश्यले प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमा राखेको भेटिएकाले त्यसमा संलग्न व्यक्तिहरुमाथि कारबाहीका लागि निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी दिएको पुनको भनाइ छ ।

पुनले पार्टीका तर्फबाट मतदातामा लैजाने चुनावी घोषणापत्र लेखनको अन्तिम चरणमा रहेको र आफ्नार्फबाट मौखिकबाहेक लिखित रुपमा छुटटै घोषणा वा प्रतिबद्धतापत्र नबनाएको उल्लेख गरे ।

 

प्रकाशित: २२ माघ २०८२ १०:१७ | Thursday, February 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast