नेपालीरिका होटल लिमिटेडले ५० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने

हिमाल प्रेस १ फागुन २०८२ १८:०९ | Friday, February 13, 2026
2
SHARE
नेपालीरिका होटल लिमिटेडले ५० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने

काठमाडौँ – पूर्वी नेपालको प्रतिष्ठित आतिथ्य उद्योगमा सक्रिय नेपालीरिका होटल लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ५० लाख कित्ता सेयर निष्काशन गरी कुल ५० करोड रुपैयाँ बराबरको पूँजी संकलन गर्ने तयारी गरेको जनाएको छ।

उक्त सेयर निष्काशनका लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यस सम्बन्धमा नेपालीरिका होटल लिमिटेडका अध्यक्ष भोलेश्वर दुलाल र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच माघ २९ गते नयाँ बानेश्वरस्थित लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

कम्पनीका अनुसार आईपीओ निष्काशनको यो निर्णयले संस्थागत विकास, पारदर्शिता अभिवृद्धि तथा नेपालको आतिथ्य र पर्यटन उद्योगमा लगानी अवसर विस्तार गर्ने प्रतिबद्धता झल्काउँछ। विशेषगरी मोरङ प्रदेशसहित पूर्वी नेपालमा पर्यटन पूर्वाधार सुदृढ गर्न यस कदमले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

मोरङको विराटचोकमा अवस्थित नेपालीरिका होटलमा १४६ वटा आकर्षक रूपमा सजाइएका कोठा तथा सुइटहरू उपलब्ध छन्। होटलमा विवाह, सम्मेलन तथा कर्पोरेट कार्यक्रम आयोजना गर्न उपयुक्त बहुउद्देश्यीय स्थलहरू रहेका छन्।

त्यस्तै, दमकस्थित नेपालीरिका होटलमा ३९ वटा सुसज्जित कोठा तथा सुइट, रेस्टुरेन्ट र बार सुविधा उपलब्ध छन्। परम्परागत नेपाली वास्तुकलामा निर्मित हेरिटेज ब्लकमा सञ्चालन भइरहेको उक्त होटलमा ५० देखि १,५०० जनासम्मका लागि भोज तथा सम्मेलन आयोजना गर्न सकिने व्यवस्था र स्विमिङ पुलसमेत रहेको छ।

कम्पनीले आवश्यक नियामकीय प्रक्रिया पूरा गरी निकट भविष्यमा साधारण शेयर निष्काशन गर्ने जनाएको छ।

प्रकाशित: १ फागुन २०८२ १८:०९ | Friday, February 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast