टी २० विश्वकप क्रिकेट २०२६ : आयोजक श्रीलंका बाहिरियो, न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बलियो

हिमाल प्रेस १४ फागुन २०८२ ७:१२ | Thursday, February 26, 2026
4
SHARES
टी २० विश्वकप क्रिकेट २०२६ : आयोजक श्रीलंका बाहिरियो, न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बलियो

काठमाडौँ- आईसीसी टी २० विश्वकप क्रिकेट २०२६ मा आयोजक श्रीलंका विश्वकप यात्राबाट बाहिरिएको छ। बुधबार भएको निर्णायक खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित भएपछि श्रीलंका एक खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिएको हो। १६९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले सुरुआतदेखि नै दबाबमा पर्‍यो। श्रीलंका २० ओभरमा ८ विकेटको क्षतिमा १०७ रनमै सीमित भयो।

कामिन्दु मेन्डिसले सर्वाधिक ३१ रन बनाए पनि टोलीलाई जिततर्फ डोर्‍याउन पर्याप्त भएन। दुनिथ वेलालगेले २९, कुसल मेन्डिसले ११ र पवन रथ्नायकेले १० ले दोहोरो अंक छुन साझेदारी लामो टिक्न सकेन।

न्युजिल्यान्डका लागि रचिन रविन्द्रले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिए। म्याट हेनरीले २ ओभरमा १ मेडन राख्दै ३ रन मात्र दिएर २ विकेट लिए। कप्तान मिचेल सान्टनर र ग्लेन फिलिप्सले १–१ विकेट थपे।

यसअघि टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्ड पनि सहज अवस्थामा भने थिएन। ८४ रनमा ६ विकेट गुमाएपछि टोली दबाबमा परेको थियो। तर कप्तान मिचेल सान्टनर र कोल मेकोन्चीले सातौँ विकेटका लागि ८४ रनको महत्वपूर्ण साझेदारी गरेछि न्युजिल्याण्ड बलियो अवस्थामा पुगेको थियो। सान्टनर २६ बलमा ४७ रन बनाउँदै अन्तिम बलमा आउट भए भने मेकोन्ची २३ बलमा ३१ रनमा अविजित रहे।

रचिन रविन्द्र ३२, फिन एलेन २८ र ग्लेन फिलिप्स १८ रनमा आउट भए। श्रीलंकाका महीश थिक्साना र दुश्मान्था चमीराले ३–३ विकेट लिए पनि निर्णायक क्षणमा रन रोक्न नसक्दा टोली महँगो साबित भयो।

न्युजिल्यान्डले महत्वपूर्ण जितसँगै सेमिफाइनल दौड बलियो बनाएको छ।

प्रकाशित: १४ फागुन २०८२ ७:१२ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast