काठमाडौँ- नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्य चुनावका लागि आइतबार घोषणापत्र सार्वजनि गर्ने भएको छ।
पार्टीले घोषणापत्र फागुन ३ गते दिउँसो २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा सार्वजनिक गर्न लागिएको प्रवक्ता देवराज चालिसेले बताएका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते हुँदै छ। कांग्रेसले चुनावी घोषणापत्रलाई प्रतिज्ञापत्र भनेको छ।
प्रकाशित: १ फागुन २०८२ १६:२६ | Friday, February 13, 2026
प्रतिक्रिया




