महिला टी २० विश्वकप ग्लोबल छनोट : वार्म अप खेलमा आयरल्यान्डसँग नेपाल स्तब्ध

हिमाल प्रेस ३० पुष २०८२ १३:१५ | Wednesday, January 14, 2026
16
SHARES
महिला टी २० विश्वकप ग्लोबल छनोट : वार्म अप खेलमा आयरल्यान्डसँग नेपाल स्तब्ध अभ्यास खेलमा आयरल्यान्ड र नेपाली महिला खेलाडी।

काठमाडौँ- आईसीसी महिला टी २० विश्वकप ग्लोबल छनोट अघिको वार्म अप खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ।

नेपाल बलियो टोली आयरल्यान्डसँग ९९ उनले पराजित भएको हो। आयरल्यान्डले दिएको २०१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०१ रनमा अल आउट भयो। नेपालका लागि कविता जोशीले सर्वाधिक २८ तथा बिन्दु रावलले २५ रन बनाइन्। कप्तान इन्दु बर्माले १२ रन बनाइन्। अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २०० रन बनाएको थियो। कप्तान गेबी लेविसले ३८ बलमा ७७ रनको विस्फोटक इनिङ खेलेर रिटायर आउट भइन्। ओर्ला पेन्डरगास्टले २९ बलमा ६२ रनको आक्रमक पारी खेलिन् । उनी पनि रिटायर आउट भइन् । लिया पलले २१ रन बनाइन्।

नेपालका लागि रुबिना क्षेत्रीले २ तथा रिया शर्माले १ विकेट लिए।

प्रकाशित: ३० पुष २०८२ १३:१५ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast