देवचुलीमा स्कारपियोको ठक्करबाट घाइते महिलाको मृत्यु

हिमाल प्रेस २ माघ २०८२ ५:४६ | Friday, January 16, 2026
8
SHARES
देवचुलीमा स्कारपियोको ठक्करबाट घाइते महिलाको मृत्यु

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ।

बिहीबार साँझ देवचुली नगरपालिका-१४ देवचुली चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट गम्भीर घाइते स्थानीय ४२ वर्षीया जया आर्यालको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार कावासोतीबाट दलदलेतर्फ आइरहेको बा१६च ४७४० नम्बरको स्कारपियोले ठक्कर दिँदा अर्याल गम्भीर घाइते भएकी थिइन्।

उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकामा उनलाई चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

दुर्घटनामा संलग्न स्कारपियो र चालक खोजतलासका क्रममा गैँडाकोट क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ माघ २०८२ ५:४६ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast