बंगलादेश बाहिरिएपछि टी–२० विश्वकपमा सहभागी होला पाकिस्तान?

हिमाल प्रेस १२ माघ २०८२ १५:४८ | Monday, January 26, 2026
26
SHARES
बंगलादेश बाहिरिएपछि टी–२० विश्वकपमा सहभागी होला पाकिस्तान?

काठमाडौँ- पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले आइतबार टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गर्‍यो। तर, विश्वकपमा सहभागिताबारे पाकिस्तानले अन्तिम निर्णय गरिसकेको छैन।
फेब्रुअरी ७ देखि सुरू हुन लागेको टी–२० विश्वकप भारत र श्रीलंकामा खेलिनेछ।

विश्वपकमा सहभागिताबारे पाकिस्तानका गृहमन्त्रीसमेत रहेका पीसीबी अध्यक्ष मोहसिन नकबी प्रधानमन्त्री शहबाज शरीफसँग छलफल गर्ने बताइएको छ। विश्वकपमा पाकिस्तान क्रिकेट टोलीको सहभागिताबारे यो छलफलबाट निर्णय लिइने गृहमन्त्रालयले जनाएको छ।

पीसीबी अध्यक्ष नकबीले बंगलादेश क्रिकेट टोलीलाई विश्वकपबाट बाहिर गरिएको सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराउनुका साथै आफ्नो धारणाहरू पनि राख्ने बताइएको छ। शनिबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बंगलादेशको स्थानमा स्कटलयान्डलाई विश्वकपमा सामेल गराउने घोषणा गरेको थियो।

बंगलादेशक क्रिकेट बोर्डले भारतमा टी–२० विश्वकपका खेलहरू खेल्न अस्वीकार गरेपछि आईसीसीले यो निर्णय गरेको हो। बंगलादेशले भारतमा नखेल्नुको पछाडि सुरक्षा कारण बताएको थियो।

यसअघि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टीम कोलकत्ता नाइटराइडरको सदस्य रहेका बंगलादेशका खेलाडी मुस्तिफिजुर रहमानलाई निकाल्न निर्देशन दिएको थियो।

बीसीसीआईको निर्देशनपछि कोलकत्ता नाइटराइडर व्यवस्थापनले रहमानलाई टिमबाट निकालेको थियो। आफ्नो खेलाडीलाई टिमबाट बाहिर निकालेको विरोधमा बंगलादेशले सुरक्षाको कारण देखाउँदै भारतमा टी–२० विश्वकप खेल्न अस्वीकार गरेको थियो।

त्यसपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) पनि बंगलादेशको समर्थनमा उत्रिँदै विश्वकप बहिष्कार गर्ने आशय व्यक्त गरेको थियो। यद्यपि यो विषयमा पीसीबीले औपचारिक निर्णय गरिसकेको छैन।

प्रकाशित: १२ माघ २०८२ १५:४८ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast