झापामा जंगली हात्ती मृत फेला

हिमाल प्रेस २२ पुष २०८२ ११:५८
8
SHARES
झापामा जंगली हात्ती मृत फेला फाइल तस्बिर

झापा- यहाँको बुद्धशान्ति गाउँपालिका–३ स्थित डाँडागाउँमा एउटा जंगली हात्ती मृत फेला परेको छ।

डाँडागाँउका लालबहादुर रसाइलीको खेतमा आज बिहान जंगली भाले हात्ती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले घट्नास्थल सुरक्षित राखेको छभने डिभिजन वन कार्यालय झापाको टोली घटनास्थलमा पुगेर मुचुल्का तयारी गरिरहेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

योसँगै झापामा चालू आर्थिक वर्षमा मात्रै दुई वटा हात्तीको मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका वन अधिकृत हिमाल पाठकले बताए। हात्तीको आक्रमणबाट चालू आवमा हालसम्म चार जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: २२ पुष २०८२ ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast