मधेशबाट कांग्रेस र एमालेको समानुपातिक सूचीमा कोको छन्? [नामावलीसहित]

हिमाल प्रेस १८ पुष २०८२ १३:३६ | Friday, January 2, 2026
76
SHARES
मधेशबाट कांग्रेस र एमालेको समानुपातिक सूचीमा कोको छन्? [नामावलीसहित]

जनकपुरधाम- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न दलसहित कांग्रेस र एमालेले पनि समानुपातिक सूची बुझाएको छ।

११० जना उम्मेदवारमध्ये दुवै दलले मधेश प्रदेशबाट २०/२० जनाको नाम सूचीमा समावेश गरेका छन्। कांग्रेसको सूचीमा पूर्व राष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवको नाम दोहोरिएको छ।

कांग्रेस सूचीमा धनुषाबाट ६, महोत्तरीबाट दुई, सप्तरीबाट तीन, सिरहा, सर्लाही, पर्साबाट एकएक जना, रौतहटबाट दुई र बाराबाट तीनजनाको नाम छ।

धनुषाबाट डा. चन्द्रमोहन यादव, मनहरि श्रेष्ठ, रामसुन्दर महरा, परमिला महतो, औरमिला यादव, रामानन्द चौधरी (ललन), महोत्तरीबाट कञ्चनकुमारी पासवान, निनु कर्ण, सप्तरीबाट कविता यादव, चन्दन झा, महेन्द्र यादव, सिरहाबाट उषा राउत मिश्र, सर्लाहीबाट मो. अन्सार खाँ, पर्साबाट सुजाता देवी, बाराबाट रामनरेश कुशवाहा, राजेन्द्र अग्रवाल, प्रियंका दास र रौतहटबाट सहनाज खातुन, सीता थपालिया कमांग्रेसको समानुपातिक सूचीमा छन्।

एमालेले बुझाएको सूचीमा मधेशबाट सबभन्दा बढी धनुषाबाट सातजनाको नाम छ। सिरहा र रौतहटबाट तीनतीनजना, सर्लाही र बाराबाट दुई/दुईजना, सप्तरी, महोत्तरी र पर्साबाट एएकएक जना सिफारिसमा परेका छन्।

एमालेको समानुपातिक सूचीमा धनुषाबाट उर्मिलादेवी पासवान, यशोधा कुमारी यादव, मञ्जु महतो, रेणु साह, अरविन्द साह, रामचरित्र साह र चन्देश्वर यादव छन् भने सप्तरीबाट असरादेवी चौधरी, महोत्तरीबाट अनिल सिंह, सर्लाहीबाट शर्मिला कुमारी यादव, रुही नाजको नाम सिफारिस गरिएको छ।

यस्तै पर्साबाट विचारीप्रसाद यादव, बाराबाट एकवाल मिया, अंशु नेपाली र रौतहटबाट अंशु सिंह, बबितादास कर्ण, सचितानन्द साह र सिरहाबाट आशा कुमारी यादव, चन्देश्वर मण्डल राजेश अग्रवाहको नाम सिफारिसमा परेको छ।

प्रकाशित: १८ पुष २०८२ १३:३६ | Friday, January 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast