केपी ओलीले ६ लाख ६३ हजार पार्टी सदस्यलाई पठाएको पत्रमा के लेखिएको छ?

हिमाल प्रेस ११ माघ २०८२ ७:२६ | Sunday, January 25, 2026
88
SHARES
केपी ओलीले ६ लाख ६३ हजार पार्टी सदस्यलाई पठाएको पत्रमा के लेखिएको छ? केपी ओलीले कार्यकर्तालाई पठाएको पत्र।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै संगठित सदस्यलाई एक पत्र लेख्दै एमालेका उम्मेद्वारहरुलाई विजयी गराउन सबैलाई उच्च मनोबल सहित सक्रिय हुने आग्रह गरेका छन्।

अध्यक्ष ओलीले हिजो साँझ पार्टीलाई ६ लाख ६३ हजार सदस्यलाई नै पत्र पठाउँदै यस्तो आग्रह गरेका छन्। पत्रमा अध्यक्ष ओलीले आसन्न निर्वाचनले देशलाई विनाशतर्फ धेकेल्ने कि निर्माणको मार्गमा अघि बढाउने भन्ने बीचको हार जितको फैसला गर्ने उल्लेख छ।

उनले देश निर्माणका लागि एमालेलाई बहुमतको आवश्यकता रहेको पत्रमा उल्लेख गरेका छन्। ‘देश निमाणका लागि हाम्रो पार्टीलाई बहुमत आवश्यक छ’ अध्यक्ष ओलीले पत्रमा भन्नुभएको छ ‘अतः बहुमतका लागि अपरिहार्य पार्टीका उम्मेद्वारहरुको विजय सुनिश्चित गर्न कमरेडहरुको उच्च मनोबल र सक्रिय सहयोगको हार्दिक अपेक्षा गरेको छु।’

पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार सबै पार्टी सदस्यहरुलाई निर्वाचन प्रचारमा सक्रियतापूर्वक लाग्नका लागि उत्साहित बनाउन अध्यक्ष ओलीले पत्र लेखेका छन्।

‘ठूलो संख्यामा रहेका पार्टी सदस्यहरुलाई अध्यक्षज्यूले व्यक्तिगत पत्र लेखेर हौसला प्रदान गर्नुभएको छ ’ शाहीले भने, ‘यसबाट पार्टीका संगठित सदस्यहरुले अध्यक्षसँग सिधा सम्पर्कको पनि अनुभूति गर्ने विश्वास गरिएको छ।’

देशमा विध्वंस र आगजनी गर्नेहरुलाई चुनावी मैदानबाटै बिदा गरेर निर्माणको नेतृत्व गरेको एमालेले देशको नेतृत्व गर्नुपर्छ भन्ने सन्देश पार्टी सदस्य मार्फत आम मतदातामा पुर्‍याउनका लागि पनि पत्राचार गरिएको शाहीको भनाइ छ।

प्रकाशित: ११ माघ २०८२ ७:२६ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast