कस्तो छ आजको राशिफल?

हिमाल प्रेस ११ माघ २०८२ ६:२९
2
SHARE
कस्तो छ आजको राशिफल?
मेष Aries
काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। मेहनत गर्दा शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना सफल हुनेछन।

वृष Taurus
पढाइ लेखाइमा प्रगति हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यमा जुट्नाले प्रशस्तै फाइदा हुनेछ।

मिथुन Gemini
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना सफल होलान। कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ।

कर्कट Cancer
व्यापार ब्यबसायमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धी पराजित हुनेछन। सोचेभन्दा आम्दानी बढ्नेछ। सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ।

सिंह Leo
विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन पाठनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ।

कन्या Virgo
पारिवारिक सम्बन्धमा सुधार आउनेछ। मनग्य धन आर्जन हुनेछ। साथीभाईसंग रमाइलो भेटघाट हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

तुला Libra
पतिपत्नीबीच सम्बन्धमा सुधार आउनेछ। व्यवसायतर्फ सामान्य आम्दानी भइरहनेछ। सुखद समाचारले अझ उत्साह बढ्नेछ।

वृश्चिक Scorpio
ठुला व्यक्तिको विशेष सहयोग जुट्नेछ । परिवारबीच आत्मीय भाव बढ्नेछ। शैक्षिक क्षेत्रमा गरेको लगानीबाट प्रसस्त लाभ मिल्नेछ।

धनु Sagittarius
पढाइ लेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। कामबाट प्रतिष्ठा मिल्नेछ। काम गर्ने मनोबल र उत्साह बढ्नेछ।

मकर Capricorn
सोच्ने शक्ति बढ्नेछ। प्रशंसकहरू बढ्नेछन । सहयोगीहरूले काममा साथ दिनेछन । ब्यापार ब्यबसायबाट राम्रै फाइदाको योग छ।

कुम्भ Aquarius
विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।

मीन Pisces
नयाँ कामको प्रस्ताव आउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन्।
प्रकाशित: ११ माघ २०८२ ६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast