कति छ आज मुद्राको मूल्य?

हिमाल प्रेस २१ पुष २०८२ ६:१९
16
SHARES
कति छ आज मुद्राको मूल्य?

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, बहराइन दिनार, युरोसहितका विदेशी मुद्राको मूल्य स्थिर छ। तर, अस्ट्रेलियन डलर, पाउन्डसहितका केही मुद्रा महँगिएका छन्।

कुवेती दिनारसहितका केही मुद्राको भाउ घटेको राष्ट्र बैंकले जनाएको छ।आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिदर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा छ। हिजो पनि युरोको विनिमयदर यही थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६६ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३२ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ४० पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४२ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४६ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ६१ पैसा छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो।

प्रकाशित: २१ पुष २०८२ ६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast