निर्वाचनलाई प्रतिगमन सच्याउने आन्दोलनको रूपमा अघि बढाउँछौँ : महेश बस्नेत

हिमाल प्रेस २२ पुष २०८२ १५:१७
20
SHARES
निर्वाचनलाई प्रतिगमन सच्याउने आन्दोलनको रूपमा अघि बढाउँछौँ : महेश बस्नेत

काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतले आम निर्वाचनलाई प्रतिगमन सच्याउने आन्दोलनको रूपमा उपयोग गर्ने बताएका छन्।

मंगलबार पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले निर्वाचनलाई आन्दोलनको रूपमा अघि बढाउने बताएका हुन्।

प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने अवस्थामा एमाले रहेकाले अन्य दलसँग सहकार्य हुँदा उच्चतहको समझदारी र सहकार्य नहुँदा एक्लै चुनावमा होमिने उनले बताए।

बस्नेतले मुलुकलाई निकास दिनका लागि ठूला दलहरु मिल्दा घोषित मितिमा निर्वाचन हुन नदिने आशंका कायमै रहेको धारणा राखे।

मुलुकमा वैदेशिक षड्यन्त्रणलाई पूर्णरूपमा निष्तेज पार्नका लागि भए पनि एमाले, कांग्रेस र नेकपाबीच सहकार्य हुनुपर्ने विचारहरू पनि एमालेभित्र रहेको उनको भनाइ छ।

उनले अहिलेको अवस्थामा पार्टीलाई समेत एकजुट बनाएर जनतामाझ जानुपर्नेमा जोड दिए।

प्रकाशित: २२ पुष २०८२ १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast