रास्वपासँग भएको सहमति कार्यान्वयन नभएपछि अलग भयौँ : कुलमान घिसिङ

हिमाल प्रेस २६ पुष २०८२ १९:४६
30
SHARES
रास्वपासँग भएको सहमति कार्यान्वयन नभएपछि अलग भयौँ : कुलमान घिसिङ फाइल तस्बिर

काठमाडौँ- उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको पार्टी एकता भंग भएको घोषणा गरेको छ।

शनिबार पार्टी कार्यालय त्रिपुरेश्वरमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले रास्वपासँगको एकता भंग भएको घोषणा गरेको हो।

बैठकमा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले निजी कारण देखाउँदै राजीनामा दिएका थिए भने उपाध्यायले राजीनामा दिएपछि उज्यालो नेपालले कुलमान घिसिङलाई अध्यक्ष पदमा चयन गरेको छ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले एकताका समयमा रास्वपासँग भएको सहमति कार्यान्वयन नभएकाले एकताबाट अलग हुने निर्णय गरिएको बताए। त्यस्तै रास्वपाले पनि एकतर्फी रुपमा सहमति भंग भएको घोषणा गरेकै कारण आफूहरु एक्लै अघि बढ्ने निर्णयमा पुगेको घिसिङले बताए।

घिसिङले आफूले रास्वपासँग कुनै ठूलो पद बार्गेनिङ नगरे पनि रास्वपाका नेताहरुले पदलाई लिएर आफ्नो बद्नाम गर्ने काम गरेको गुनासो गरे। उनले आफू साधारण सदस्य बसेर भए पनि अन्य नेताहरुलाई व्यवस्थापन गर्न प्रस्ताव गर्दा रास्वपालाई स्वीकार्य नभएको जिकिर गरे। पछिल्लो यो १२ दिन आफ्नो पार्टी र पार्टी सदस्यहरूका लागि पीडादायी समय बन्न पुगेको उनले बताए।

अब पार्टीलाई समावेशी रुपमा देशव्यापी बनाइने र चिम चूनाव चिह्नबाट निर्वाचनमा होमिने उल्लेख गरे। घिसिङले समानुपातिकका विषयका व्यवस्थापन भइरहेको भन्दै व्यवस्थापन हुन नसके प्रत्यक्षमा मात्रै भए पनि १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएर निर्वाचनमा जाने उद्घोष गरे।

प्रकाशित: २६ पुष २०८२ १९:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast