देउवा कार्यसमिति भंग भइसकेको सूचना आयोगलाई यसअघि नै गइसक्यो : गगन थापा

हिमाल प्रेस ३० पुष २०८२ १६:४० | Wednesday, January 14, 2026
96
SHARES
देउवा कार्यसमिति भंग भइसकेको सूचना आयोगलाई यसअघि नै गइसक्यो : गगन थापा सभापति गगन थापा। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन पक्षबाट निष्कासित महामन्त्री गगन थापाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भंग भएर विशेष महाधिवेशन चलिरहेको जानकारी निर्वाचन आयोगलाई यसअघि नै गराइसकिएको बताएका छन्।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै थापाले निर्वाचन आयोगलाई विशेष महाधिवेशनको जानकारी गराइसकेकाले देउवा पक्षले आयोगमा पठाएको पत्र र प्रतिनिधिको औचित्य नरहेको दाबी गरे।

सम्बोधनका क्रममा थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको पनि बताए। उनले भने, ‘हामीलाई कारबाही गरेको सुनेका छौं। यो पार्टी कसैको प्राइभेट कम्पनी होइन। ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ। २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ। २०६२/०६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ। कसैले हटायौं भनेर हट्ने होइन।’

प्रकाशित: ३० पुष २०८२ १६:४० | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast