‘जुनी भर’ गीतकाे भिडियाेमा आनालाई फकाउँदै विनय

हिमाल प्रेस २१ पुष २०८२ १७:२५ | Monday, January 5, 2026
16
SHARES
‘जुनी भर’ गीतकाे भिडियाेमा आनालाई फकाउँदै विनय

काठमाडौँ- फिल्म ‘रमिताको पिरती’ को दोस्रो गीत ‘जुनी भर’ सार्वजनिक गरिएको छ। गीत बुढासुब्बा डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

महेश काफ्लेकाे स्वर रहेको गीतमा उनकै शब्द र संगीतमा बनेको छ। गायनमा उनलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छन्।

प्रेमिल गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आना शर्मा र विनय श्रेष्ठको अभिनय छ। विनयले आनालाई फकाउँदै गरेको र आना उनले भनेको नमानेको दृश्यलाई देखाइएको छ।

सेरो फिल्मस्को प्रस्तुतिमा बनेको फिल्म आगामी माघ २३ देखि प्रदर्शन हुनेछ। फिल्ममा समीर श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्ले लगायत कलाकारले अभिनय गरेका छन्।

सुदिप्ताको लेखन र निर्देशनमा बनेको फिल्ममा सागर लम्सालले लगानी गरेका छन्।

प्रकाशित: २१ पुष २०८२ १७:२५ | Monday, January 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast