भेनेजुएलामा अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लंघन : भट्टराई

हिमाल प्रेस २० पुष २०८२ १२:०४
64
SHARES
भेनेजुएलामा अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लंघन : भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अमेरिकाले भेनेजुएलामा गरेको आक्रमण राष्ट्रसंघले स्थापित गरेको अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताएका छन्। डा.भट्टराईले सामाजिक सञ्जालमार्फत आक्रमणको विरोध जनाएका हुन्। उनले सबै सार्वभौम राष्ट्र र विश्व समुदायले आक्रमणको विरोध गर्नुपर्ने पनि बताए।

‘संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भेनेजुएलामाथि अमेरिकाले गरेको नांगो आक्रमण र त्यहाँका राष्ट्रपतिको अपहरण संयुक्त राष्ट्रसंघले स्थापित गरेको अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय कानुनको भद्दा उल्लंघन हो,’ उनले लेखेका छन्,‘यसको सबै सार्वभौम राष्ट्रहरूले र विश्व जनसमुदायले कडा शब्दमा विरोध र भर्त्सना गर्नुपर्छ। यस्तो ‘जसको लाठी उसको भैंसी’ प्रवृत्तिलाई बेलैमा सबै मिलेर रोक्न नसके सबैतिर भयंकर अनिष्ट आउन सक्छ।’

प्रकाशित: २० पुष २०८२ १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast