भाँडियो रास्वपा र उज्यालो नेपालबीचको एकता, कुलमान अध्यक्ष नियुक्त

हिमाल प्रेस २६ पुष २०८२ १६:१९ | Saturday, January 10, 2026
40
SHARES
भाँडियो रास्वपा र उज्यालो नेपालबीचको एकता, कुलमान अध्यक्ष नियुक्त

काठमाडौ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भाँडिएको छ।

संघीयतालगायतका विषयमा कुरा नमिलेपछि रास्वपा र उज्यालो नेपाल पार्टीबीचको एकता भंग भएको हो।

एकता भंग भएसँगै उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेको छ। पार्टी प्रवक्ता डा.राजु थापाले घिसिङ अध्यक्ष नियुक्त भएको जानकारी दिए।

निर्वाचन आयोगमा दल दर्ता गर्दा उज्यालो नेपाल पार्टीको अध्यक्ष अनुप उपाध्यायलाई बनाइएको थियो भने घिसिङ संरक्षक रहेको बताइएको थियो।

रास्वपा र उज्यालो नेपाल पार्टीबीच समानुपातिकको सूची, पार्टीको नाम, पदीय बाँडफाँटलगायतका विषयमा सहमति नजुटेको बताइएको छ।

प्रकाशित: २६ पुष २०८२ १६:१९ | Saturday, January 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast