युएनए डिजिटलले सुरु गर्‍यो ओटीटी प्लेटफर्म

हिमाल प्रेस २७ पुष २०८२ १४:१७ | Sunday, January 11, 2026
12
SHARES
युएनए डिजिटलले सुरु गर्‍यो ओटीटी प्लेटफर्म

काठमाडौँ- नेपालमा नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’ सञ्चालनमा ल्याउने भएको छ। काठमाडौँमा एक कार्यक्रम गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ओटीटी शुभारम्भ गरेका हुन्।

उक्त कम्पनीका प्रमुख सीइओ, फिल्म वितरक तथा निर्माता उज्वल गुरागाँई हुन्। उनकाअनुसार दर्शकले फेब्रुअरी १ तारिख (१८ माघ) देखि उक्त ओटीटीमा फिल्म, शो र ओरजिनल सिरिज हेर्न पाउनेछन्।

आगामी १ फेब्रुअरीदेखि प्रयोगकर्ताले एप्पलको आईओएस र गुगल प्ले स्टोरमा उपलब्ध एपसहित ब्राउजर र टिभी संस्करण प्रयोग गर्न पाउने सीइओ गुरागाँईले बताए।

उनले भने, ‘यो ओटिटी सुरुवात गरेका छौँ। यसले नेपाली फिल्म तथा निर्माताहरूलाई जोगाउछु। यसले डुबाउँदैन। त्यसका लागि नै नयाँ युगको सुरुवात गरिएको हो।’

सुरुवातमा ओटिटीमार्फत दर्शकले आशिष ढकालको सिरिज ‘सम्बन्ध तिम्रो मेरो’, ‘क्राइम इन स्टोरी’ अभिनेता सलोन बस्नेतको फिल्म ‘रुम नम्बर ८’ प्रदर्शन गरिनेछ।

निर्माण पक्षले सलोन बस्नेतले बनाउन लागेको फिल्मलाई ओटिटी प्लेटफर्ममार्फत पहिलो फिल्मका रुपमा सार्वजनिक गर्न लागेको हो। सिइयो गुरागाँईले नै निर्माण गर्न लागेको ‘रियल रिदम’ओटिटिमा राखिने छ। कम्पनीले निर्माण गरेको अर्को सिरिज ‘चोइज’, ‘सिनेपट न्युज’ आयुसा महर्जनको होस्टमा ‘चेलीबेटी’ साथै ‘काठमाडौँ नाइट’ पनि प्रसारण हुनेछ।

यसका लागि नेपाल र विदेशका लागि फरकफरक ‘ओटीटी विन्डो’ सहित सामग्री ल्याउने तयारी छ। सीइयो गुरागाँइका अनुसार सुरुवात १४ फेब्रुअरीदेखि हुने छ भने सब्सक्राइब शुल्कबारेको जानकारी चाँडै दिइने भएको छ।

ओटिटीमा नेपालीसहित भारतीय, बंगलादेशी र जापानी सामग्रीलाई पनि क्रमशः सार्वजनिक गर्ने कम्पनीको तयारी छ।

बोर्डका अध्यक्ष दिनेश डिसीले ओटिटी खुलेकोमा बधाई दिदै राम्रो कामको सुरुवात भएको बताए। अभिनेता तथा निर्माता दीपकराज गिरीले फिल्मकर्मीका लागि यस्ता ओटिटी अति आवश्यक भएको धारणा राखे।

उनले भने, ‘यस्तो प्लेटफर्महरु भनेका हामी फिल्मकर्मीहरूका लागि आवश्वकता छ। विदेशमा एउटा निर्माताले फिल्म हलबाट जति पैसा कमाउँछ। त्यो भन्दा बढि यस्ता ओटिटी प्लेटफर्मबाट आयआर्जन हुन्छ। त्यस कारण हाम्रो उद्योग अगाडि बढ्दै गरेको अवस्थामा यस्ता प्लेटफर्महरू आइदिनाले निर्माता तथा निर्देशकलाई लगानी गर्ने वातावरण अझै बढ्दै जान्छ।’

प्रकाशित: २७ पुष २०८२ १४:१७ | Sunday, January 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast