संवेदनशील घडीमा मन्त्रीहरूको विदेश भ्रमणप्रति एमालेको संशय

हिमाल प्रेस २४ पुष २०८२ ७:५८
14
SHARES
संवेदनशील घडीमा मन्त्रीहरूको विदेश भ्रमणप्रति एमालेको संशय

काठमाडौँ- एमाले सचिव महेश बस्नेतले सरकारको वर्तमान कार्यशैलीले सरकारको विश्वसनीयता र निष्पक्षतामाथि प्रश्न उठेको बताएका छन्।

सचिव बस्नेतले सरकारले आफ्ना उद्देश्यअनुसार अघि बढ्नुपर्नेमा मूल उद्देश्यभन्दा बाहिर गएर काम गरिरहेको बताए। गैरदलीय भनिएका सरकारका केही मन्त्रीहरूले चुनावी तयारी र दलीय गतिविधिमा संलग्न भएर काम गरेका भन्दै आपत्ति जनाएका छन्। ‘निर्वाचनको संवेदनशील समयमा मन्त्रीहरूको गतिविधि र विदेश भ्रमणले नागरिक सरकारको विश्वसनीयता प्रभावित हुन सक्ने चिन्ता छ,’ सचिव बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

बस्नेतले कुलमान घिसिङ रास्वपाको उपसभापति बनेका र ३ वटा मन्त्रालयको महत्त्वपूर्ण बजेट व्यवस्थापन गरिरहेको विषयमा धारणा राख्दै यस प्रकारको गतिविधिले सरकारको प्राथमिकता र जिम्मेवारीप्रति ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

केही मन्त्रीहरूले निर्वाचन तयारीका लागि सक्रियता देखाइरहेको विषयमा पनि सचिव बस्नेतले ध्यानाकर्षण भएको बताएका छन्। ‘जेनजी आन्दोलनपछि बनेको नागरिक सरकार दाबी गर्ने असंवैधानिक सरकार आफ्नै मर्म विपरीत दिशातर्फ जाँदै छ, गैरदलीय भनिएका मन्त्रीहरू खुलेआम दलीय राजनीति र चुनावी तयारीमा लागेपछि सरकारको नैतिकता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ, निर्वाचनको संवेदनशील घडीमा मन्त्रीहरूको सत्ता–राजनीति र विदेश भ्रमणले नागरिक सरकारको विश्वसनीयता कमजोर बनाइरहेको छ, नागरिक सरकारको नाममा लाज पचाएर राजनीति चलिरहेको छ’, बस्नेतले लेखेका छन्।

प्रकाशित: २४ पुष २०८२ ७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast