नेकपा एमाले नेतृ रामकुमारी झाँक्री।
काठमाडौँ– नेकपा एमालेले राष्ट्रियसभाका लागि उम्मेदवारहरु चयन गरेको छ ।
एमालेले कोशी प्रदेशमा रोशनी मेचेलाई उम्मेदवार बनाउने भएको छ । यस्तै, बागमतीमा डा प्रेमकुमार दङ्गाललाई उम्मेदवार बनाइएको छ ।
गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाइएको हो । आज राष्ट्रिय सभाका उम्मेदवारको मनोनयन तालिका छ । मधेश प्रदेशको भने नाम तय हुन बाँकी छ ।
प्रकाशित: २३ पुष २०८२ ८:४९
प्रतिक्रिया



