माघ ४ को काठमाडौँ प्रदर्शन सफल बनाउन एमालेको निर्णय

हिमाल प्रेस ३० पुष २०८२ १४:०७ | Wednesday, January 14, 2026
12
SHARES
माघ ४ को काठमाडौँ प्रदर्शन सफल बनाउन एमालेको निर्णय

काठमाडौँ- नेकपा एमालेका सचिव भानुभक्त ढकाल र सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले माघ ४ गते काठमाडौँमा आयोजना हुने प्रदर्शनलाई केन्द्रमा राखेर संगठन परिचालन गर्न संयुक्त निर्देशन दिएका छन्।

आज काठमाडौंमा सम्पन्न जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनीहरूले माघ ४ गते बागमती प्रदेशको आयोजनामा काठमाडौंको भृकुटीमण्डपबाट सुरु हुने प्रदर्शनलाई भव्य र सन्देशमूलक रूपमा सफल बनाउन सबै संगठनहरूको अधिकतम सहभागिता सुनिश्चित गर्न आग्रह गरे।

सचिव ढकालले सबै जनसंगठनहरूलाई योजनाबद्ध ढंगले परिचालन हुन निर्देशन दिए। सचिव बस्नेतले ‘फेरि सिंहदरबार जल्ने जस्ता अवस्था नआओस् भन्नेमा युवाहरूलाई सचेत र अनुशासित ढंगले परिचालन गरौं,’ भने।

माघ ४ गते बागमती प्रदेशको आयोजनामा भृकुटीमण्डपबाट सुरु हुने प्रदर्शन प्रज्ञा प्रतिष्ठान, कमलादीमा पुगेर समापन हुने जनाइएको छ।

प्रकाशित: ३० पुष २०८२ १४:०७ | Wednesday, January 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast