काठमाडौँ– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे झापा क्षेत्र नम्बर २ बाट पुनः चुनाव लड्ने भएका छन् । नेकपा (एमाले) को शनिबार बसेको सचिवालय बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि घिमिरेलाई सोही क्षेत्रबाट उम्मेदवार चयन गरेको हो ।
घिमिरे २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा–२ बाट निर्वाचित भएका थिए । सोही निर्वाचनपछि उनी प्रतिनिधिसभाको सभामुखमा चयन भएका थिए ।
यस्तै एमाले झापा १ मा रामचन्द्र उप्रेती, क्षेत्र नं. ४ मा मनोज ताम्लीलाई उम्मेदवारको रूपमा अघि सारेको छ भने क्षेत्र नम्बर ५ मा अध्यक्ष केपी शर्मा ओली आफैँ चुनावी मैदानमा उत्रने छन् । क्षेत्र नं. ३ को विषयमा भने एमालेले निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई नै सुम्पिएको छ ।
प्रकाशित: ४ माघ २०८२ ६:५८
प्रतिक्रिया



