एमाले महासचिव पोखरेलको प्रश्न- सिंहदरबार पुनर्निर्माण गर्ने को? जलाउन उक्साउने र जलाउने को?

हिमाल प्रेस २५ पुष २०८२ ११:३७
10
SHARES
एमाले महासचिव पोखरेलको प्रश्न- सिंहदरबार पुनर्निर्माण गर्ने को? जलाउन उक्साउने र जलाउने को? फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको पुनर्निर्माण र त्यसलाई जलाउन उक्साउनेमाथि प्रश्न उठाएका छन्।

पोखरेलले उक्त प्रश्न आज सामाजिक सञ्जालमार्फत गरेका हुन्। ‘भूकम्पले थिलोथिलो भएको सिंहदरबार पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने को हो?, त्यसलाई जलाउन उक्साउने र जलाउने को हो ?’ उनले प्रश्न गरे।

गत भदौ २३ र २४ गते देशभर भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, विभिन्न नेताहरूका निवास, राष्ट्रपति कार्यालय तथा अन्य सरकारी संरचनामा आगजनी र तोडफोड गरिएको थियो।

महासचिव पोखरेलले राज्यका ऐतिहासिक तथा संवैधानिक संरचनामाथि भएको आक्रमणलाई गम्भीर विषयका रूपमा लिँदै यसप्रति जिम्मेवार को हो भन्ने स्पष्ट हुनुपर्ने संकेत गरेका छन्।

प्रकाशित: २५ पुष २०८२ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast