प्रत्यक्षतर्फका उम्मेदवारी टुंग्याउँदै एमाले, आज सचिवालय बैठक

हिमाल प्रेस ३ माघ २०८२ ६:५५
28
SHARES
प्रत्यक्षतर्फका उम्मेदवारी टुंग्याउँदै एमाले, आज सचिवालय बैठक नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कार्यालय, च्यासलमा आइतबार भएको सचिवालय बैठकमा सहभागी अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारीहरु । तस्बिरः अध्यक्ष ओलीको सचिवालय/ रासस

काठमाडौँ- फागुन २१ गते हुने निर्वाचनका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।

प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार आज (माघ ३ गते दिउँसो १ बजे) पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेद्वार मनोनयनको कार्यक्रम भएकोले एमालेले भोलि ३ गते उम्मेद्वारको नामावलीलाई अन्तिम रुप दिने तयारी गरेको हो।

एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी,जिल्ला कमिटी र प्रदेश कमिटीहरुले यस अघि नै उम्मेद्वारको नाम सिफारिस गरिसकेका छन्। जस अनुसार अध्यक्ष केपी शर्मा ओली सहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको छ।

हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो नभएकोले सबै क्षेत्रमा एमालले सूर्य चिन्हबाहक उम्मेद्वार अघि बढाउने भएको छ।

शाहीका अनुसार दुर्गमा भेकमा रहेका उम्मेद्वारहरुलाई निर्वाचन क्षेत्र पुग्न र मनोनयनको तयारी गर्न पनि समय लाग्ने भएकोले एमालेले भोली सचिवालय बैठक बसेर उम्मेद्वारी टुंग्याउन लागेको हो। यस अघिको केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेद्वार टुंग्याउन सचिवालयलाई जिम्मा दिने निर्णय गरेको थियो।

प्रकाशित: ३ माघ २०८२ ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast