काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ११औँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बसेको हो।
बैठकमा छलफल गर्नका लागि ६ बुँदे कार्यसूची तय गरिएको छ। बैठकको सुरुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । पार्टी नियमावली संशोधन, राष्ट्रिय महाधिवेशनमा भएका खर्चका जानकारी, केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयहरूको अनुमोदन, प्रमाणपत्र वितरण र समसामयिक विषयलाई बैठकको कार्यसूची बनाइएको छ।

प्रकाशित: २६ पुष २०८२ १३:१४
प्रतिक्रिया



