राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

हिमाल प्रेस १३ माघ २०८२ १५:१५ | Tuesday, January 27, 2026
36
SHARES
राष्ट्रियसभामा दुई प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन्।

आज (मंगलबार) को बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गरे।

त्यसै गरी सभामा ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन’ पेस भएको छ। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले उक्त प्रतिवेदन पेस गरेका हुन्।

चलचित्र विधेयक माथिको समितिको प्रतिवेदन पेस गर्दै सभापति दाहालले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगका रुपमा विकास गर्न, चलचित्रमार्फत् देशलाई पर्यटन गन्तव्यका रूपमा अगाडि बढाउन, चलचित्र प्रदर्शन अघि जाँच गर्ने व्यवस्था तथा प्रवर्द्धन र नियमनका लागि यो कानुन महत्त्वपूर्ण रहेको बताए।

सभाको अर्को बैठक यही माघ १४ गते बुधबार अपराह्न १ः१५ बजे बस्नेछ।

प्रकाशित: १३ माघ २०८२ १५:१५ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast