विद्यार्थी बोकेको बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

हिमाल प्रेस १८ पुष २०८२ १२:३४
26
SHARES
विद्यार्थी बोकेको बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

गुल्मी- गुल्मीको मालिका गाउँपालिकामा आज बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। राम्चेबाट विद्यार्थी बोकेर वनभोजका लागि मदाने गाउँपालिकाअन्तर्गत पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इङ्लिस बोर्डिङ स्कुलको लु प्र ०१-००ख०३५५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकलमा सवार मालिका गाउँपालिका-६ मौवाका ३६ वर्षीय वसन्त अर्याल र उनकी भाउजू ५६ वर्षीया मनकला अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिए।

दुर्घटनामा चार जना घाइते भएका थिए। दुई जनालाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।

यस्तै, दुर्घटनामा मृतक मनकलाका नाति ६ वर्षीय अनुभव गिरी र पैदल यात्री गाउँपालिका-६ राम्चेकी ४१ वर्षीया जमरपोखरा माध्यमिक विद्यालयकी शिक्षक लिलावती अर्याल घाइते भएकी छन्।

घाइतेमध्ये गिरीलाई थप उपचारका लागि पाल्पा ‘रिफर’ गरिएको छ भने शिक्षक अर्यालको गुल्मी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ पुष २०८२ १२:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast