काठमाडौँको चोभार र धोबीचौरमा दुई मृत फेला

हिमाल प्रेस १६ माघ २०८२ ६:१६ | Friday, January 30, 2026
10
SHARES
काठमाडौँको चोभार र धोबीचौरमा दुई मृत फेला

काठमाडौँ- काठमाडौँ महानगरपालिका-१७ धोबीचौरस्थित पब्लिक युथ क्याम्पस नजिकै सडक पेटीमा बिहीबार एक जना मृतवस्थामा फेला परेका छन्।

हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष मृतावस्थामा फेला परेका नेपाल प्रहरीले जनाएको छ।

यसैगरी काठमाडौँ कीर्तिपुर नगरपालिका-६ चोभारस्थित बागमती खोलामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष पनि बिहीबार मृतावस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।

यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता काफ्लेले बताए।

प्रकाशित: १६ माघ २०८२ ६:१६ | Friday, January 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast