विराटनगरमा दुईदिने निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण

हिमाल प्रेस २८ पुष २०८२ १५:४७ | Monday, January 12, 2026
10
SHARES
विराटनगरमा दुईदिने निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण

काठमाडौँ- फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले विराटनगरमा निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।

अभिमुखीकरण कार्यक्रममा कोशी प्रदेश र मधेश प्रदेशको रौतहट पूर्वका जिल्लाका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्ला निर्वाचन अधिकारीहरूको सहभागिता छ।

दुईदिने सो अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारीमा खरो उत्रन आग्रह गरे। उनले निर्वाचन निर्देशिका अनुसार आफूलाई तोकिएको कार्य गर्न निर्देशन दिँदै सानो गल्ती त्रुटिले निर्वाचनको वातावरण नै खल्बलिने भएकाले सचेत रहन आग्रह गरेका थिए।

उनले आर्थिक, भौतिक र सुरक्षा चुनौतीका साथै यसपटक डिजिटल चुनौती समेत बढेकाले यसपटक निर्वाचन आयोगले साइबर सुरक्षाका लागि विशेष कदम चाल्ने जानकारी दिए।

कार्यक्रममा संवैधानिक तथा कानुनी व्यवस्था, जनशक्ति र सुरक्षा व्यवस्थापन, मतदाता शिक्षाका साथै निर्वाचन व्यवस्थापनमा मिथ्या सूचना, दुष्प्रचार र द्वैषपूर्ण अभिव्यक्ति, सूचना प्रविधि प्रणाली, मतगणना व्यवस्थापन र मतगणना प्रक्रियाबारे प्रशिक्षण दिइने बताइएको छ।

प्रकाशित: २८ पुष २०८२ १५:४७ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast