गोंगबुबाट लागुऔषधसहित दुई पक्राउ

हिमाल प्रेस २२ पुष २०८२ १३:३२ | Tuesday, January 6, 2026
14
SHARES
गोंगबुबाट लागुऔषधसहित दुई पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले गएराति टोखा नगरपालिका-९ गोंगबुस्थित दीपसागर होटलबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

नुवाकोटको बेलकोटगढी नगरपालिका-११ का २६ वर्षीय महेन्द्र तामाङ र बागलुङको ढोरपाटन नगरपालिकाकी २२ वर्षीया निरूता अदेही मगरलाई ६ ग्राम ४४० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले सो होटलको ५१५ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी नियन्त्रणमा लिएको हो।

यसैबीच देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ परेको प्रहरीले जनाएको छ। झापा, दाङ, सुनसरी, मोरङ, रूपन्देही, सिराहा, कैलालीलगायतबाट उनीहरू पक्राउ परेका हुन्।

प्रकाशित: २२ पुष २०८२ १३:३२ | Tuesday, January 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast