हत्या आरोपमा दुई जना पक्राउ

हिमाल प्रेस २८ पुष २०८२ २०:५० | Monday, January 12, 2026
12
SHARES
हत्या आरोपमा दुई जना पक्राउ

काठमाडौँ– सिन्धुलीको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टंकमाया बुढाथोकीको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार यही पुस ८ गते राति बुढाथोकीको हत्या भएको थियो। घटनामा संलग्न रहेको अभियोगमा तिनपाटन गाउँपालिका–३ का ३० वर्षीय दीपक भन्ने शान्तिबहादुर बुढाथोकी र २९ वर्षीय चुक्तबहादुर कटुवाललाई पक्राउ गरिएको हो।

जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई थप अनुसन्धान अगाडि बढाइएको सुवेदीले जानकारी दिए।

प्रकाशित: २८ पुष २०८२ २०:५० | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast