टीभीएस रेसिङले नेपालमा पहिलो पटक अपाचे रेसिङ एक्सपेरियन्स आयोजना गर्दै

हिमाल प्रेस ३० पुष २०८२ १३:४७
टीभीएस रेसिङले नेपालमा पहिलो पटक अपाचे रेसिङ एक्सपेरियन्स आयोजना गर्दै

काठमाडौँ- नेपालको मोटरस्पोर्ट्स यात्रामा नेपालकै पहिलो Apache Racing Experience (ARE) GP यस सप्ताहन्तमा आयोजना हुन गइरहेको छ। ARE GP को सुरुवात प्रतिष्ठित TVS Apache सिरिजको २०औँ वार्षिकोत्सव सँगै हुँदैछ।

TVS Motor Company को विश्वप्रसिद्ध रेसिङ पहल Apache Racing Experience मार्फत Apache मोटरसाइकल प्रयोगकर्ताहरूले व्यावसायिक प्रशिक्षकबाट प्रत्यक्ष प्रशिक्षण लिने अवसर पाउनेछन्।

सहभागीहरूले सुरक्षित तथा नियन्त्रित वातावरणमा कर्नरिङ, प्रेसिजन ब्रेकिङ, थ्रोटल कन्ट्रोल, रेसिङ पोस्चर र ह्यान्डलिङजस्ता उन्नत राइडिङ सीपहरू अभ्यास गर्न सक्नेछन्।

सन् २००५ मा सुरु भएको TVS Apache सिरिज आज एसियाकै चर्चित परफर्मेन्स मोटरसाइकल लाइनअपमध्ये एकका रूपमा स्थापित छ। भारतको पहिलो फ्याक्ट्री रेसिङ टोली TVS Racing को चार दशकभन्दा लामो मोटरस्पोर्ट्स विरासतले यस सिरिजलाई बलियो आधार दिएको छ। यही २० वर्षे यात्राको उत्सवस्वरूप TVS ले Apache Racing Experience पहिलो पटक नेपालमा ल्याएको हो।

यस ऐतिहासिक कार्यक्रमबारे प्रतिक्रिया दिँदै TVS Motor Company का Head-Business (Premium) विमल सुम्बलीले नेपालका ग्राहकहरूसम्म यो अनुभव पुर्‍याउन पाउँदा उत्साहित भएको बताए। उनले Apache को २० वर्षे रेसिङ-आधारित इन्जिनियरिङ यात्रासँग यो कार्यक्रम विशेष रूपमा जोडिएको उल्लेख गरे।

कार्यक्रमको अर्को आकर्षण भनेको ARE Nepal का समग्र विजेता ले भारतको चेन्नईस्थित प्रतिष्ठित Madras International Circuit मा आयोजना हुने One-Make Championship मा सहभागी भई नेपाललाई प्रतिनिधित्व गर्ने अवसर पाउनु हो।

कार्यक्रमबारे जगदम्बा मोटर्स प्रा.लि. का कार्यकारी निर्देशक अखिल गुप्ता ले Apache Racing Experience नेपालमा मोटरस्पोर्ट्स संस्कृतिको विकासतर्फको महत्वपूर्ण कदम भएको बताए। उनका अनुसार यसले नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रिय स्तरको रेसिङ अनुभव दिलाउनेछ।

त्यसैगरी, बिक्री उपाध्यक्ष दीपक रौनियार ले Apache Racing Experience केवल राइडिङ इभेन्ट मात्र नभई सीप विकास, अनुशासन र व्यावसायिक रेसिङतर्फको संरचित प्लेटफर्म भएको बताए।

जनवरी १७ मा काठमाडौँको सतंगलस्थित Vehicle Academy and Research Center मा आयोजना हुने कार्यक्रममा विशेषज्ञद्वारा निर्देशित राइडिङ सेसन, प्रविधिमा आधारित अभ्यास मोड्युल, सेफ्टी गियर सहयोग र सुरक्षा ब्रिफिङ, राइडर नेटवर्किङ तथा Apache विरासत उत्सव, खानापेय स्टल र दर्शकका लागि मनोरञ्जनात्मक गतिविधि समावेश रहनेछन्।

कार्यक्रममा सहभागिताका लागि दर्ता प्रक्रिया हाल TVS Apache सिरिजका मोटरसाइकल मालिकहरूका लागि मात्र खुला गरिएको छ। इच्छुक ग्राहकहरूले TVS नेपालका आधिकारिक सामाजिक सञ्जालमार्फत दर्ता विवरण प्राप्त गर्न सक्नेछन्। सिट संख्या सीमित रहेको आयोजकले जनाएको छ।

प्रकाशित: ३० पुष २०८२ १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast