ट्रम्पले सार्वजनिक गरे गिरफ्तार गरिएका भेनेजुएलाका राष्ट्रपति मादुरोको तस्बिर

हिमाल प्रेस २० पुष २०८२ ६:४३ | Sunday, January 4, 2026
28
SHARES
ट्रम्पले सार्वजनिक गरे गिरफ्तार गरिएका भेनेजुएलाका राष्ट्रपति मादुरोको तस्बिर अमेरिकी नियन्त्रणमा रहेका निकोलस मादुरो। तस्बिर : बीबीसी

अमेरिकाले गिरफ्तार गरेका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको तस्बिर डोनाल्ड ट्रम्पले सार्वजनिक गरेका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मादुरको तस्बिर सार्वजनिक गरेका हुन्। मादुरोको पत्नीसमेत पक्राउ गरिएको भनिए पनि तस्बिरमा भने उनी छैनन्।

तस्बिरमा मादुरोले आँखामा लगाउने मास्क, खैरो ट्र्याकसूु र हेडफोन लगाएका छन्। मादुरोको तस्बिरसहित ट्रम्पले क्याप्सनमा लेखेका छन्, ‘निकोलस मादुरो यूएसएस इवो जिमा (युद्धपोत) मा।’ घटनापछि ट्रम्पले फ्लोरिडामा पत्रकार सम्मेलन गरेका छन्।

जहाँ उनले भने, ‘शक्तिको सुरक्षित, सही र समझदारीपूर्ण परिवर्तन नभएसम्म भेनेजुएला संयुक्त राज्य अमेरिकाले चलाउनेछ।’यस क्रममा उनले अमेरिकी सेनाको प्रशंसा पनि गरे। ट्रम्पले भने, ‘तयार अवस्थामा भए पनि भेनेजुएलाको सेना पूर्ण रूपमा आत्तियो र चाँडै पराजित भयो।’

प्रकाशित: २० पुष २०८२ ६:४३ | Sunday, January 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast