त्रिशाला गुरुङले गरिन् रास्वपाको समानुपातिक सूचीबाट हट्ने निर्णय

हिमाल प्रेस १८ पुष २०८२ १८:५२
16
SHARES
त्रिशाला गुरुङले गरिन् रास्वपाको समानुपातिक सूचीबाट हट्ने निर्णय

काठमाडौँ- रास्वपाको समानुपातिक सूचीमा परेकी डा. त्रिशाला गुरुङले उम्मेदवारी फिर्ता लिने निर्णय गरेकी छन्। आज (शुक्रबार) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सो उम्मेदवारीबाट पछि हट्ने निर्णय गरेको जानकारी गराएकी हुन्।

उनी उज्यालो नेपाल पार्टीका तर्फबाट रास्वपामा समानुपातिक सूचीमा पर्न सफल भएकी थिइन्।

‘यस अवसरका लागि पार्टी नेतृत्व, सम्बन्धित निकाय तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु,’ उनले लेखेकी छन्, ‘यद्यपि गहन आत्ममूल्यांकन पश्चात मैले उक्त उम्मेदवारीबाट पछि हट्ने निर्णय लिएको जानकारी गराउन चाहन्छु।’

उनले राजनीतिक पदमा नरहँदा पनि समाज, स्वास्थ्य क्षेत्र र समुदायको आवाजका रूपमा आफ्नो क्षमता र विवेकअनुसार निरन्तर योगदान पुर्‍याइरहने बताएकी छन्।

‘यस निर्णयको मूल कारण भनेको मेरो पेशागत जिम्मेवारीप्रति पूर्ण समर्पण गर्दै कला र स्वास्थ्य क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्नु तथा नागरिक समाज र समुदायप्रति स्वतन्त्र हैसियतबाट योगदान पुर्‍याउने मेरो दृढ संकल्प हो,’ उनले लेखेकी छन्, ‘म माथि पार्टीले देखाएको विश्वास, सम्मान र समर्थनलाई सदैव उच्च मूल्यांकन गर्नेछु र उक्त भरोसालाई कहिल्यै कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गर्दछु।’

प्रकाशित: १८ पुष २०८२ १८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast