‘मिरमिरे’ को ट्रेलर: त्रिकोणात्मक प्रेम र बाबु तथा छोरीबीचको भावनात्मक सम्बन्ध

हिमाल प्रेस २३ पुष २०८२ ११:१८
14
SHARES
‘मिरमिरे’ को ट्रेलर: त्रिकोणात्मक प्रेम र बाबु तथा छोरीबीचको भावनात्मक सम्बन्ध

काठमाडौँ- फिल्म ‘मिरमिरे’ को ट्रेलर सार्वजनिक भएको छ। निर्माण पक्षले काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो।

त्रिकोणात्मक प्रेम कथा रहेको ट्रेलरमा आमा नभएकी छोरीको हेरचाह गर्ने बुवा र छोरीको भावनात्मक कथा छ । आमाले छोरीलाई छोडेर गएपछि छोरीले गरेको अभावको महसुस देखाइएको ट्रेलरले छोराछोरीका लागि आमाको महत्व कति छ भन्ने प्रष्ट पारेको छ।

ट्रेलरमा मुख्य कलाकार दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु, शाइसा गौचनलगायत कलाकार देख्न सकिन्छ। दयाहाङ, सिर्जना र प्रकाशबीचको त्रिकोणात्मक प्रेम देखाइएको छ। आमाको अभाव महसुस गरिरहेकी छोरीलाई कसरी मातृत्व प्रदान गर्ने भन्ने दयाहाङको प्रयास छ।

यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मिरमिरे’ आगामी माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ। यार्सा फिल्मसको प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, प्रकाश सपुुत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलले अभिनय गरेका छन्।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह-निर्माता गोविन्द बोहरा, सुदिप कुँवर हुन्।

प्रकाशित: २३ पुष २०८२ ११:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast