आजको मौसम : तराईमा हुस्सु र हिमालमा हिउँको प्रभाव, देशभर बढ्ने छ जाडो

हिमाल प्रेस २९ पुष २०८२ ६:२४
16
SHARES
आजको मौसम : तराईमा हुस्सु र हिमालमा हिउँको प्रभाव, देशभर बढ्ने छ जाडो बाक्लो हुस्सुले ढाकेको पर्साको वीरगन्जस्थित घण्टाघर क्षेत्र। एक सातादेखि बिहानको समयमा बाक्लो हुस्सु लाग्दा यहाँको जनजीवन प्रभावित भएको छ। तस्बिर : रासस

काठमाडौँ- हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

प्रकाशित: २९ पुष २०८२ ६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast