सहरमा आजः पुस्तक विमोचन, नाटक मञ्चन र फिल्म प्रदर्शनको रौनक

सुस्मिता बजगाईं १९ पुष २०८२ ६:५७
4
SHARES
सहरमा आजः पुस्तक विमोचन, नाटक मञ्चन र फिल्म प्रदर्शनको रौनक

काठमाडौँ- आज पुसको तेस्रो शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ। जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।

हेरौं, यो साता कहाँ के के हुँदैछ

नदीशको कवितासंग्रह हिउँद’ लोकार्पण
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आज नदीशको कवितासंग्रह ‘हिउँद’ लोकार्पण हुँदैछ। कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ। पुस्तक बुकहिल पब्लिकेसनले प्रकाशन गरेको हो।

थिएटरमा दुई नाटक

साधना घरमा ‘भट्टी टेल्स’
सुकेधारास्थित ओस्कार इन्टरनेसनल कलेजको साधना घर थिएटरमा पुस १६ देखि नाटक ‘भट्टी टेल्स’ मञ्चन भइरहेको छ। सामाजिक कथामा आधारित नाटक जेम्स ढकालको लेखन तथा निर्देशनमा बनेको हो।

भट्टी धाउने ग्राहक र भट्टी साउनीकाे कथा समेटिएको नाटकमा सुदाम सिके, वेदना राई, रुपेश लामा, ऋषिकेश बस्याल, तुफान थापा, प्रकृति कार्की, माइकल महत, शुभम् गणेश, सुब्रतराज सिलवाल, गुड्डु, प्रान्जल पान्डे, सुदिप एटी र थार्चेन लामाले अभिनय गरेका छन्।

ओस्कर कलेजको प्रस्तुति रहेको नाटक आगामी माघ ३ सम्म मंगलबारबाहेक हरेक साँझ ५ः १५ बजे र शनिबारको दिउँसो १ बजे मञ्चन हुनेछ।

मण्डलामा ‘बहादुरपुरको दन्त्यकथा’

थापागाउँस्थित मण्डला थिएटरमा पुस ४ देखि नाटक ‘बहादुरपुरको दन्त्यकथा’ मञ्चन भइरहेको छ। नाटककी निर्देशक सरस्वती चौधरी हुन्।

नाटक भारतीय नाटककार बादल सरकारको नाटक ‘वल्लभपुरेर रूपकोथा’ मा आधारित छ। नाटकलाई विजय विस्फोटले नेपालीमा रुपान्तरण गरेका हुन्। व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको नाटकको कथा ऋणमा डुबेका एक शाही वंशज ‘भूपति’को वरिपरि घुमेको छ।

नाटकमा कमलमणि नेपाल, प्रवीण खतिवडा, सरिता गिरी, सरस्वती चौधरी, घनश्याम जोशी, राम भजन कामत, दिपल बराल, चन्द्र नेपाली र आदित्य नारायण मिश्राले अभिनय गरेका छन्। नाटक पुस २७ गतेसम्म साताको प्रत्येक दिन साँझ ५ बजे र शनिबार १ बजेको अतिरिक्त सो हुनेछ।

हलमा कुनकुन फिल्म

एक्लो
फिल्म ‘एक्लो’ पुस १७ देखि हलमा प्रदर्शद भइरहेको छ। फिल्मका लेखक तथा निर्देशक प्रदीप शाही हुन्। फिल्म साइन्स–फिक्सनमा आधारित छ।

फिल्ममा बेलायती अभिनेता जेमी बेकनसहित प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायत कलाकारले अभिनय गरेका छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ।

वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिटी सिनेमाज, बिएसआर मुभिज, अष्टनारायण हल, र कीर्तिपुर सिनेप्लेक्समा फिल्म प्रदर्शनरत छ।

झरीपछिको इन्द्रेणी
फिल्म ‘झरीपछिको इन्द्रेणी’ पुस ४ देखि हलमा प्रदर्शन भइरहेको छ। अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यु निर्देशनमा बनेको फिल्म सामाजिक विषयवस्तुमा आधारित छ।

निर्देशकसहित फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाललगायत कलाकारले अभिनय गरेका छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल र सिटी स्क्वायर मल मा फिल्मको ६ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘झरीपछिको इन्द्रेणी’ चलिरहेको अन्य हल हुन्।

परान
दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको फिल्म ‘परान’ यही कात्तिक १४ देखि हलमा प्रदर्शन भइरहेको छ। हलमा ५१ दिन मनाइसकेको फिल्मले अहिलेसम्म करिब १७ करोडभन्दा बढि व्यापार गरिसकेको छ।

फिल्मको मुख्य भूमिकामा छन् नीर शाह। पारिवारिक कथामा बनेको फिल्मले सन्तानकै काखमा प्राण त्याग्न चाहाने बाआमाको कथा भनेको छ। फिल्ममा सहायक कलाकारमा बुद्धि तामाङ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, बाल कलाकार आर्यदीप आचार्यले अभिनय गरेका छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको सिटी स्क्वायर मल, आइएनआई सिनेमा अन्तर्गत विश्वज्योति मल र एफक्युब सिनेमाजमा फिल्मको सो छ।

द हाउसमेड
हलिउड फिल्म ‘द हाउसमेड’ पुस १७ देखि नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर जनरामा बनेको फिल्म पाँल फिगले निर्देशन गरेका हुन्। फिल्ममा सिड्नी स्वीनी, अमान्डा सेफ्राइड, ब्रान्डन स्क्लेनर, मिशेल मोरोनलगायत कलाकारले अभिनय गरेका छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, छाया सेन्टर, सिभिल मल, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, सिटी सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्समा फिल्म ‘द हाउसमेड’ प्रदर्शारत छ।

४५
दक्षिण भारतीय फिल्म ‘४५’ पुस १७ देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन ड्रामा जनरामा बनेको फिल्मका निर्देशक अर्जुन जन्य हुन्। फिल्ममा शिव राजकुमार, उपेन्द्र, राज बी शेट्टीलगायत कलाकारले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, छाया सेन्टर, सिभिल मल, लबिम मल, सिटी स्क्वायर मलमा फिल्मको सो छ।

वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, एफक्युब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, सिटी सिनेमाज, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स र अष्टनारायण हलमा फिल्म ‘४५’ चलिरहेको छ।

अवतारः फायर एन्ड एस
हलिउड फिल्म ‘अवतारः फायर एन्ड एस’ पुस ४ देखि नै हलमा चलिरहेको छ। जेम्स क्यामरुनले निर्देशन गरेको फिल्म अवतारको तेस्रो शृङ्खला हो। फिल्म एक्सन र एडभेञ्चर जनरामा बनेको छ। फिल्ममा केट विन्सलेट, सिगोर्नी वीभर, जो साल्डानालगायत कलाकारको अभिनय छ। फिल्म हिन्दी र अंग्रेजी दुबै भाषामा प्रदर्शन भइरहेको छ।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, सिभिल मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल र लबिम मलमा फिल्मको २३ सो छ।

आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, बिग मुभिज, सिटी सिनेमाज, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म चलिरहेको छ।

धुरन्धर
बलिउड फिल्म ‘धुरन्धर’ मंसिर १८ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा अभिनेता रणवीर सिंह मुख्य भूमिकामा छन्। आदित्य धरले निर्देशन गरेको फिल्म एक्सन र ड्रामा जनरामा बनेको छ।

फिल्ममा भारतविरुद्धको आतंकवादी आक्रमणका प्रतिकारका लागि उभिएको पात्रको कथा प्रस्तुत गरिएको छ। रणवीरसँगै फिल्ममा सञ्जय दत्त, अक्षय खन्ना, आर। माधवन, अर्जुन रामपाल, सारा अर्जुनलगायत कलाकारले अभिनय गरेका छन्।

फिल्म क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, छाया सेन्टर, लबिम मल, भाटभटेनी भक्तपुर र सिभिल मलमा फिल्मको २० सो छ।

वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिएसआर मुभिज, एफक्युब सिनेमाज, सिटी सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिके सिनेमाज, कीर्तिपुर सिनेप्लेक्समा बलिउड फिल्म ‘धुरन्धर’ प्रदर्शनरत छ।

तू मेरी मैं तेरा मैं तेरा तू मेरी
बलिउड फिल्म ‘तू मेरी मैं तेरा मैं तेरा तू मेरी’ पुस १० देखि नेपालमा प्रदर्शन भइरहेको छ। प्रेम कथामा आधारित फिल्ममा कार्तिक आर्यन र अनन्या पाण्डेको मुख्य भूमिकामा छन्। समीर विद्धांस निर्देशित फिल्म एड्भेन्चर, कमेडी, रोमान्स जनरामा बनेको छ।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको सिभिल मल, रञ्जना सिनेप्लेक्स, मा फिल्मको सो छ।

एनाकोन्डा
हलिउड फिल्म ‘एनाकोन्डा’ पुस १० देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन, कमेडी र हरर जनरामा बनेको छ। फिल्ममा टम गोर्मिकन, पल रुड, ज्याक ब्ल्याक, स्टीव जान, थान्डीवे न्युटनलगायत कलाकारले अभिनय गरेका छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको छाया सेन्टर, र लबिम मलमा फिल्मको सो छ।

द स्पन्जबब मुभी
हलिउड फिलम ‘द स्पन्जबब मुभी’ पनि पुस १० देखि नेपालमा प्रदर्शन भइरहेको छ। एनिमेटेड, एड्भेन्चर र कमेडी जनरामा बनेको फिल्म ‘स्पन्जबब स्क्वायरप्यान्ट्स’ नामक टिभी श्रृंखलामा आधारित छ। डेरेक ड्राइमनले निर्देशन गरेको फिल्ममा क्ल्यान्सी ब्राउन, मार्क ह्यामिल, टम केनीलगायत कलाकारले अभिनय गरेका छन्।

शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको छाया सेन्टरमा फिल्मको सो छ।

प्रकाशित: १९ पुष २०८२ ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast