काठमाडौँ- आज माघको पहिलो शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ।
जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।
हेरौं, यो साता कहाँ के के हुँदैछ
चौधौं नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव
नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवको चौधौँ संस्करण माघ २ देखि चलिरहेको छ। चाबहिलस्थित चलचित्र विकास बोर्डमा जारी महोत्सवको आज दोस्रो दिन हो। माघ ५ सम्म चल्ने महोत्सवमा नेपालसहित विभिन्न देशमा फिल्म प्रदर्शन भइरहेको छ।
आज नेपाली फिचर फिल्ममा ‘यो मन त मेरो नेपाली हो’ र ‘माग्ने राजा’ प्रदर्शन गरिनेछ। साथै अष्ट्रेलिया, टर्की, युक्रेन, फ्रान्स, श्रीलंका, ताइवान, हङकङ, इन्डोनेसियाका विभिन्न छोटो, फिचर र डकुमेन्ट्री फिल्म प्रदर्शन हुँदैछ।
गीता अर्यालको कवितासंग्रह ‘कविताभित्रको जून’ लोकार्पण
कवि गीता अर्यालको कवितासंग्रह ‘कविताभित्रको जून’ आज लोकार्पण हुँदैछ। मध्य बानेश्वरस्थित रत्न पुुस्तकालयमा कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ।
एक थिएटरमा ‘खरायो र कछुवा’
मध्य बानेश्वरस्थित एक थिएटर स्टुडियोमा पुस २५ देखि नाटक ‘कछुवा र खरायो’ मञ्चन भइरहेको छ। नाटक अनिल सुब्बाले निर्देशन गरेका हुन्। लोक कथामा आधारित नाटकमा सौजन सेनेहाङ, शिशिर गिरी, आकाश सुहाङ लिम्बू, नुमा राई, संजीत थुलुङ राई, र रमिता राईले अभिनय गरेका छन्। आगामी माघ ५ सम्म मञ्चन हुने नाटक साताको प्रत्येक दिन बेलुका ५ः १५ बजे मञ्चन हुनेछ। आज शनिबार १ बजेको अतिरिक्त सो पनि रहेको छ।
साधना घरमा ‘भट्टी टेल्स’
सुकेधारास्थित ओस्कार इन्टरनेसनल कलेजको साधना घर थिएटरमा पुस १६ देखि नाटक ‘भट्टी टेल्स’ मञ्चन भइरहेको छ। नाटक मञ्चनको आज अन्तिम दिन हो। नाटक आज दिउँसो १ बजे र साँझ ५ः १५ बजे मञ्चन हुनेछ।
सामाजिक कथामा आधारित नाटक जेम्स ढकालको लेखन तथा निर्देशनमा बनेको हाे। भट्टी धाउने र भट्टी पसल्नीको कथा समेटिएको नाटकमा सुदाम सिके, वेदना राई, रुपेश लामा, ऋषिकेश बस्याल, तुफान थापा, प्रकृति कार्की, माइकल महत, शुभम् गणेश, सुब्रतराज सिलवाल, गुड्डु, प्रान्जल पान्डे, सुदिप एटी र थार्चेन लामाले अभिनय गरेका छन्।
हलमा कुनकुन फिल्म?
गोबर गणेश
माघ १ देखि हलमा ‘गोबर गणेश’ प्रदर्शन भइरहेको छ। यो मरिचमान श्रेष्ठको डेब्यु निर्देशनमा बनेको फिल्म हो। फिल्ममा निम्नजर्गीय परिवारको कथा, सहरको सपना र संघर्ष प्रस्तुत गरिएको छ। फिल्मको मुख्य भूमिकामा निर्देशक मरिचमान नै छन्। साथै फिल्ममा वर्षा शिवाकोटी, पूजन घिमिरे, सीतादेवी तिमल्सिना, पदम तामाङ लगायतले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्स, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज, बिग मुभिज र अष्टनारायण हलमा फिल्म ‘गोबर गणेश’ प्रदर्शनरत छ।
भाइरल गोर्खे
फिल्म ‘भाइरल गोर्खे’ माघ १ देखि नै प्रदर्शन भइरहेको छ। फिल्म भाइरल हुन चाहने ग्रामीण भेगका एक युवकको कथा छ। फिल्ममा सौगात मल्ल मुख्य भूमिकामा छन्। उनीसहित फिल्ममा सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, रवि भुजेल, मिस पवीलगायत कलाकारले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, लबिम मल, दरबार सिनेम्याक्स, सिभिल मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, सिके सिनेमाज, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल फिल्म ‘भाइरल गोर्खे’ चलिरहेको अन्य हल हुन्।
मिरमिरे
फिल्म ‘मिरमिरे’ पनि माघ १ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक यम शेर्पा हुन्। फिल्म पारिवारिक र प्रेमकथामा आधारित छ। फिल्ममा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु, शाइसा गौचन मुख्य भूमिकामा छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्स, सिभिल मल, सिटी स्क्वायर मलमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज, सिके सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हलमा फिल्म चलिरहेको छ।
एक्लो
फिल्म ‘एक्लो’ पुस १७ देखि हलमा प्रदर्शद भइरहेको छ। फिल्मका लेखक तथा निर्देशक प्रदीप शाही हुन्। फिल्म साइन्स–फिक्सनमा आधारित छ। फिल्ममा बेलायती अभिनेता जेमी बेकनसहित प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायत कलाकारले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको सिभिल मल, सिटी स्क्वायर मलमा फिल्मको सो छ।
झरी पछिको इन्द्रेणी
फिल्म ‘झरी पछिको इन्द्रेणी’ पुस ४ देखि हलमा प्रदर्शन भइरहेको छ। अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यु निर्देशनमा बनेको फिल्म सामाजिक विषयवस्तुमा आधारित छ। निर्देशकसहित फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाललगायत कलाकारले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको भाटभटेनी भक्तपुर र सिटी स्क्वायर मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमाज, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमाजमा फिल्मका सो छ।
परान
दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको फिल्म ‘परान’ यही कात्तिक १४ देखि हलमा प्रदर्शन भइरहेको छ। हलमा ५१ दिन मनाइसकेको फिल्मले अहिलेसम्म करिब १७ करोडभन्दा बढि व्यापार गरिसकेको छ। फिल्मको मुख्य भूमिकामा छन् नीर शाह। पारिवारिक कथामा बनेको फिल्म बुद्धि तामाङ, महेश त्रिपाठी, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, प्रविण खतिवडा, बाल कलाकार आर्यदीप आचार्यले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको सिटी स्क्वायर मल, आइएनआई सिनेमा अन्तर्गत विश्वज्योति मल, बिग मुभिज,
र एफक्युब सिनेमाजमा फिल्मको सो छ।
२८ इयर्स अगोः द बोन टेम्पल
अंग्रेजी फिल्म ‘२८ इयर्स अगोः द बोन टेम्पल’ नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर र हरर जनरामा बनेको फिल्मका निर्देशक निया डाकोस्टा हुन्। फिल्ममा राल्फ फिएनेस ज्याक, ओकोनेल, अल्फी विलियम्स, एरिन केलीम्यानलगायत कलाकारको अभिनय छ।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्स, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म प्रदर्शनरत छ।
द राजा साब
हिन्दी फिल्म ‘द राजा साब’ पुस २५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। हरर, थ्रिलर र कमेडी जनरामा बनेको फिल्म फिल्मका लेखक र निर्देशक मारूति हुन्। फिल्ममा प्रभास, सञ्जय दत्त, माल्विका मोहनन, निधि अग्रवाल, रिद्धि कुमारलगायत कलाकारले अभिनय गरेका छन।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, दरबार मल, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, एफक्युब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, सिके सिनेमाज द राजा साब’ चलिरहेको अन्य हल हुन्।
अवतारः फायर एन्ड एस
हलिउड फिल्म ‘अवतारः फायर एन्ड एस’ पुस ४ देखि नै हलमा चलिरहेको छ। जेम्स क्यामरुनले निर्देशन गरेको फिल्म अवतारको तेस्रो शृङ्खला हो। फिल्म एक्सन र एडभेञ्चर जनरामा बनेको छ। फिल्ममा केट विन्सलेट, सिगोर्नी वीभर, जो साल्डानालगायत कलाकारको अभिनय छ। फिल्म हिन्दी र अंग्रेजी दुबै भाषामा प्रदर्शन भइरहेको छ।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, लबिम मल, सिभिल मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर र सिटी स्क्वायर मलमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, बिग मुभिज, सिके सिनेमाज र कीर्तिपुर सिनेप्लेक्समा फिल्म चलिरहेको छ।
धुरन्धर
बलिउड फिल्म ‘धुरन्धर’ मंसिर १८ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा अभिनेता रणवीर सिंह मुख्य भूमिकामा छन्। आदित्य धरले निर्देशन गरेको फिल्म एक्सन र ड्रामा जनरामा बनेको छ। फिल्ममा भारतविरुद्धको आतंकवादी आक्रमणका प्रतिकारका लागि उभिएको पात्रको कथा प्रस्तुत गरिएको छ। रणवीरसँगै फिल्ममा सञ्जय दत्त, अक्षय खन्ना, आर। माधवन, अर्जुन रामपाल, सारा अर्जुनलगायत कलाकारले अभिनय गरेका छन्।
फिल्म क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, सिभिल मल, लबिम मल, छाया सेन्टर र सिटी स्क्वायर मलमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, बिएसआर मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, सिके सिनेमाजमा बलिउड फिल्म ‘धुरन्धर’ प्रदर्शनरत छ।
४५
दक्षिण भारतीय फिल्म ‘४५’ पुस १७ देखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन ड्रामा जनरामा बनेको फिल्मका निर्देशक अर्जुन जन्य हुन्। फिल्ममा शिव राजकुमार, उपेन्द्र, राज बी शेट्टीलगायत कलाकारले अभिनय गरेका छन्।
शनिबार उपत्यकाको र कीर्तिपुर सिनेप्लेक्समा फिल्मको सो छ।
द हाउसमेड
हलिउड फिल्म ‘द हाउसमेड’ पुस १७ देखि नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर जनरामा बनेको फिल्म पाँल फिगले निर्देशन गरेका हुन्। फिल्ममा सिड्नी स्वीनी, अमान्डा सेफ्राइड, ब्रान्डन स्क्लेनर, मिशेल मोरोनलगायत कलाकारले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मलमा फिल्मको सो छ।



