जंगली हात्तीको बथान गाउँमा पस्दा तीन घरमा क्षति

हिमाल प्रेस १८ पुष २०८२ ८:४२
6
SHARES
जंगली हात्तीको बथान गाउँमा पस्दा तीन घरमा क्षति

झापा- जंगली हात्तीको बथान गाउँ प्रवेश गर्दा जिल्लाको विभिन्न स्थानमा बिहीबार एकै दिन तीनवटा घरसहित लाखौँको अन्नबाली र भौतिक सम्पत्तिमा क्षति पुगेको छ।

कमल गाउँपालिकाको वडा नं ३ बगाले टोलस्थित गणेश बस्नेतको टिनको छानो भएको घर, भद्रपुर नगरपालिका वडा नं ७ डाँफे चोकस्थित ऋषि भट्टराईको एकतले पक्की भवनको भान्सा घर र बिर्तामोड नगरपालिका-८ किसनभिट्टास्थित टंग बराइलीको टिनको छानो भएको कच्ची घर हात्तीले भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

कमल-३ का गणेश बस्नेतले रातको समयमा घरभित्र पसेका तीनवटा हात्तीले मूलघर आंशिक रूपमा र भान्साघर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको बताए।

हात्तीले उनको घरमा चार मन धान र चार मन मकैको पीठो खाएको थियो भने लत्ताकपडा, भाडावर्तन, फर्निचर गरी रु एक लाखबराबरको धनमाल क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले जानकारी दिए।

भद्रपुरका ऋषि भट्टराईको घर र भान्साघर भत्काउँदा रु २२ हजारबराबरको क्षति भएको प्रहरीले जनाएको छ भने बिर्तामोडका टंक बराइलीको घर भत्किँदा र अन्नबाली खाइदिँदा रु ४५ हजारबराबरको क्षति भएको छ।

प्रहरीका सूचना अधिकारी खड्काका अनुसार बराइलीको एकतले कच्ची घरको टाटी भत्काएर हात्ती भण्डार कोठामा पसेको थियो। भण्डारमा रहेको आठ क्विन्टल धान र एक क्विन्टल चामल हात्तीले खाइदिएको थियो।

प्रकाशित: १८ पुष २०८२ ८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast