हलमा लाग्यो एकैसाथ तीन फिल्म, कुनले कति सो पायो?

हिमाल प्रेस १ माघ २०८२ १२:३८ | Thursday, January 15, 2026
22
SHARES
हलमा लाग्यो एकैसाथ तीन फिल्म, कुनले कति सो पायो?

काठमाडौँ- माघे संक्रान्तिको अवसरमा आजदेखि हलमा तीन फिल्म एकैसाथ प्रदर्शनमा आएको छ। ती हुन् ‘गोबर गणेश’, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’। तीनओटै फिल्म सामाजिक विषयवस्तुमा बनेको छ।

‘गोबर गणेश’ मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ को डेब्यु निर्देशनमा बनेको फिल्म हो। फिल्ममा आमालाई खुसी पार्न सहर छिरेको एक छोराको संघर्ष प्रस्तुत गरिएको छ। फिल्मको मुख्य भूमिकामा निर्देशक मरिचमान नै छन्। साथै फिल्ममा वर्षा शिवाकोटी, पूजन घिमिरे, सीतादेवी तिमल्सिना, पदम तामाङ लगायतले अभिनय गरेका छन्। फिल्मले देशभर १ सय भन्दा बढी सो पाएको टिमले जनाएको छ।

‘भाइरल गोर्खे’ भाइरल हुन चाहने ग्रामीण भेगका एक युवकको कथा छ। फिल्ममा सौगात मल्ल मुख्य भूमिकामा छन्। उनीसहित फिल्ममा सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, रवि भुजेल, मिस पवीलगायत कलाकारले अभिनय गरेका छन्। फिल्मले करिब एक सय सो पाएको छ

त्यस्तै अर्को फिल्म ‘मिरमिरे’ का निर्देशक यम शेर्पा हुन्। फिल्म पारिवारिक र प्रेमकथामा आधारित छ। फिल्ममा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु, शाइसा गौचन मुख्य भूमिकामा छन्। फिल्मले १ सय ३० सो पाएको टिमले जनाएकाे छ।

प्रकाशित: १ माघ २०८२ १२:३८ | Thursday, January 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast