काठमाडौँ- नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। मंगलबार तीन हजार एक सय रुपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला चार सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ। मंगलबार तोलामा चार हजार आठ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार नौ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रुपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार चार सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित: २३ पुष २०८२ ११:५२
प्रतिक्रिया



