‘टिकट वितरणमा त्रुटि भयो, अब प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्छौँ’

हिमाल प्रेस ९ माघ २०८२ १८:०४ | Friday, January 23, 2026
26
SHARES
‘टिकट वितरणमा त्रुटि भयो, अब प्राइमरी इलेक्सनबाट उम्मेदवार छान्छौँ’ नेपाली कांग्रेसका सभापति गगनकुमार थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देशलाई बदल्ने गरी पार्टी निर्वाचनमा होमिएको बताएका छन्।

विशेष महाधिवेशनमा पार्टी सभापति निर्वाचित भएपछि शुक्रबार पहिलोपटक पार्टी कार्यालय सानेपा पुगेर पदभार ग्रहणका साथै केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले सबैको चाहनाअनुसार नै कांग्रेस बदलिएर अघि बढेको भन्दै अब बदलिएको कांग्रेसले नै देशलाई बदल्ने संकल्पका साथ निर्वाचनमा होमिएको बताएका हुन्।

उनले पार्टीलाई एकढिक्का भएर निर्वाचन सहभागी हुन आह्वान समेत गरे। सभापति थापाले छाटो समयमा प्रत्यक्षतर्फको उम्मेदवार चयन गर्दा केही त्रुटिहरु भएको भन्दै आगामी निर्वाचनमा प्रत्येक क्षेत्रमा प्राइमरी इलेक्सनमार्फत उम्मेदवार चयन गरिने स्पष्ट पारे। उनले आफूहरु संस्थापक नेताहरुले सिकाएको बाटोबाटै अघि बढेको बताए।

उनले सुशासन र भ्रष्टाचार अन्त्य हुनुपर्नेमा नागरिकहरुको जोड रहेको भन्दै देश र राज्यलाई ठीक गतिमा चलाउने उल्लेख गरे। सभापति थापाले अन्य नेताहरुको निर्वाचन क्षेत्रमाभन्दा पनि आ–आफ्नै निर्वाचन क्षेत्रमा परिचालन हुन नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए।

प्रकाशित: ९ माघ २०८२ १८:०४ | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast