एकताका लागि महामन्त्रीद्वय संवेदनशील देखिएनन् : कांग्रेस संस्थापन

हिमाल प्रेस २८ पुष २०८२ १३:४६ | Monday, January 12, 2026
10
SHARES
एकताका लागि महामन्त्रीद्वय संवेदनशील देखिएनन् : कांग्रेस संस्थापन

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टी एकताका लागि विशेष महाधिवेशन पक्षधरहरू संवेदनशील नरहेको आरोप लगाएको छ। यद्यपि आफूहरूले अन्तिमसम्म पार्टी एकताका लागि पहल गरिरहेको संस्थापन पक्षको दाबी छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले उनले एकताका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पहल जारी राखेको पनि बताए। पार्टी विभाजन हुन लागेको हो भन्ने प्रश्नमा महतले  भने, ‘यो बेला हामी विभाजनको मानसिकतामा जानु हुँदैन। हामी सहमतिका लागि प्रयासरत छौँ तर दुवै महामन्त्रीमा पार्टीलाई एक बनाएर लैजाने मानसिकता देखिएको छैन।’

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा काठमाडौँमा आइतबार विशेष महाधिवेशन सुरु भएको छ। महतले महामन्त्रीद्वयले जुन रोडम्याप बनाएर अघि बढ्ने खोजेका हुन्, त्यसबाट उनीहरू टसको मस हुन नसकेको बताए।

यसैगरी महतले पार्टी एकताका विषयमा महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग संवाद नै नगरेको बताए।

उनले भने, ‘सभापति र कार्यवाहकसँग कुरा गरेर समझदारी गर्ने सोच देखिएन।’ यसैगरी विशेष महाधिवेशन गर्दै छौँ भने महामन्त्रीद्वयले नेतृत्वसँग संवाद नै नगरेको महतले बताए। उनले भने, ‘एउटा भाइलाई निम्ता पठाएर हुन्छ?’

विशेष महाधिवेशनमा प्रतिनिधि निकै कम संख्यामा आएको उनको दाबी छ। उनले भने, ‘प्रतिनिधि बहुमत संख्यामा आएका छैनन्। निकै कम छन्। धेरै मानिस त अनेक मनशायले आएका हुन्छन् नि।’

प्रकाशित: २८ पुष २०८२ १३:४६ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast