‘भाइरल गोर्खे’ को ट्रेलरमा गोर्खेले भाइरल हुन गर्ने हर्कत [भिडियाेसहित]

हिमाल प्रेस १७ पुष २०८२ १२:५५
14
SHARES
‘भाइरल गोर्खे’ को ट्रेलरमा गोर्खेले भाइरल हुन गर्ने हर्कत [भिडियाेसहित]

काठमाडौँ- सौगात मल्ल अभिनीत फिल्म ‘भाइरल गोर्खे’ को ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट ५५ सकेन्डको ट्रेलरमा सामाजिक सञ्जालमा भाईरल बन्न मुख्य पात्र गोर्खेले गर्ने संघर्ष र अनौठो हर्कतको कथा देखाइएको छ।

गोर्खेको भूमिकामा सौगात मल्ल छन्। उनको जोडी बनेकी छन् अभिनेत्री सृष्टि श्रेष्ठ। सामाजिक सञ्जालमा भाइरल बन्ने पछिल्लो समय नेपाली समाजमा हुर्किएको प्रवृत्तिलाई व्यंग्य र प्रश्न गदै फिल्म निर्माण गरेको टिमले जनाएको छ। फिल्म आगामी माघ १ देखि प्रदर्शन हुनेछ।

यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ जस्ता फिल्म निर्देशन गरिसकेका निगम श्रेष्ठले ‘भाइरल गोर्खे’ निर्देशन गरेका हुन्। समसामयिक र घरघरको विषय भएकाले फिल्मलाई दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको निर्देशक श्रेष्ठले बताए।

एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पवीलगायत कलाकारको अभिनय छ।

अमर महर्जनको सिनेमाटोग्राफी रहेको फिल्म लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो। फिल्मका निर्मातामा अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर छन्।

 

प्रकाशित: १७ पुष २०८२ १२:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast