फिल्म ‘परिवर्तन’ को ट्रेलरमा सत्ता मोह र विद्रोहको कथा

हिमाल प्रेस २८ पुष २०८२ १७:४२ | Monday, January 12, 2026
10
SHARES
फिल्म ‘परिवर्तन’ को ट्रेलरमा सत्ता मोह र विद्रोहको कथा

काठमाडौँ- आगामी माघ ९ गतेबाट प्रदर्शन हुने फिल्म ‘परिवर्तन’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार एनबी सेन्टरमा कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा फिल्मको एक्सन-सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकता दिइएको छ। ट्रेलरमा फिल्मका मुख्य अभिनेता सुशील श्रेष्ठ एक्सन अवतारमा प्रस्तुत गरिएको छ। अभिनेत्री अञ्जना बराइली प्रहरीको भूमिकामा देखिएकी छन्।

फिल्मका निर्देशक विजय केरुङ हुन्। उनले फिल्ममा एक्सनसँगै सामाजिक सन्देश पनि बोकेको बताए। ‘सत्ताका लागि नेताले जे सुकै पनि गर्न सक्छन् भने कुरालाई फिल्मको पर्दामा देखिन्छ,’ उनले भने।

दिव्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सुशील र अञ्जनाका अलावा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे को मुख्य भूमिका रहेको छ।

दीपक शिवाकोटीको कथा तथा लगानीमा बनेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन्। फिल्म बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत र श्री श्रेष्ठको द्वन्द्व निर्देशनमा बनेको छ।

प्रकाशित: २८ पुष २०८२ १७:४२ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast