अमेरिकी नागरिकले स्वतन्त्रताका लागि लड्ने अवस्था आएको छ : पूर्वराष्ट्रपति क्लिन्टन

हिमाल प्रेस १२ माघ २०८२ १७:१९ | Monday, January 26, 2026
14
SHARES
अमेरिकी नागरिकले स्वतन्त्रताका लागि लड्ने अवस्था आएको छ : पूर्वराष्ट्रपति क्लिन्टन

काठमाडौँ- अमेरिकाको मिनेसोटा राज्यस्थित मिनियापोलिस सहरमा संघीय अध्यागमन एजेन्टको गोलीले अर्का एक व्यक्तिको मृत्यु भएपछि पूर्वराष्ट्रपति बिल क्लिन्टनले आफ्नो प्रतिक्रिया दिएका छन्।

मिनियापोलिसमा अध्यागमन एजेन्टको गोली लागेर शनिबार ३७ वर्षीय एलेक्स प्रेटी नाम गरेको एक नर्सको मृत्यु भएको छ। अमेरिकामा तीन हप्ताभन्दा कम समयमा भएको यो दोस्रो घटना हो।

यो घटनापछि अमेरिकाको विभिन्न भागमा विरोध प्रदर्शन सुरू भएको छ। घटनाको विरोधमा हजारौँ मानिसहरू सडकमा उत्रिएका छन्।

यसै महिना जनवरी ८ तारेखकमा अर्की ३७ वर्षीया रेनी निकोल गुडलाई पनि एक अध्यागमन र भन्सार प्रवर्तन एजेन्टले गोली हानेका थिए, जसमा उनको मृत्यु भएको थियो।

पूर्वराष्ट्रपति क्लिन्टनले अमेरिकी जनतालाई आफ्नो अधिकारका लागि आवाज उठान अपिल गरेका छन्। उनले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई पक्राउ गर्ने र कुटपिट गर्ने काम भइरहेको बताए।

‘यदि आज अमेरिकी जनताले आफ्नो स्वतन्त्रता गुमाए भने, सायद उनीहरूले त्यो स्वतन्त्रता कहिल्यै फिर्ता पाउने छैन,’ क्लिन्टनले सामाजिक सञ्जालमा लेखेका छन्।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले सबै कुराको समीक्षा गरिरहेको बताएका छन्।

‘वाल स्ट्रीट जर्नल’ अखबारलाई दिएको बयानमा ट्रम्पले सहरबाट अध्यागमन एजेन्टहरू हटाउने संकेत पनि दिएका छन्। यद्यपि अध्यागमन एजेन्ट कहिले हटाउनेबारे कुनै जानकारी दिएका छैनन्।

प्रकाशित: १२ माघ २०८२ १७:१९ | Monday, January 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast