काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम बढेको छ।
मौसम पूर्वानुमान महाशाखाकारी अनुसार आज (शनिबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस देखिएको छ। हिजो (शुक्रबार) पनि सुरुवाती मापनमा ५.७ डिग्री सेल्सियस देखिएको काठमाडौँको न्यूनतम तापक्रम आधिकारिक मापनका बेला ५.२ डिग्री सेल्सियसमा झरेको थियो।
मौसमविद्का अनुसार तापक्रम बढे पनि तातो फर्किएको भन्न सकिने अवस्था छैन।
प्रकाशित: १० माघ २०८२ ६:३४
प्रतिक्रिया



