चुनावको करण देखाउँदै फिल्म ‘कल्ली’ को प्रदर्शन स्थगित

हिमाल प्रेस १३ माघ २०८२ १२:४४ | Tuesday, January 27, 2026
2
SHARE
चुनावको करण देखाउँदै फिल्म ‘कल्ली’ को प्रदर्शन स्थगित

काठमाडौँ- आगामी फागुन १ मा प्रदर्शन हुने भनिएको फिल्म ‘कल्ली’ को प्रदर्शन स्थगित गरिएको छ। फिल्मका निर्माण कम्पनी लेकाली इन्टरटेन्मेन्टले एक विज्ञप्ति जारी गर्दै फागुन १ को प्रदर्शन मिति रोकेको जानकारी दिएका हुन्।

कम्पनीका किरण नेपालीले जारी गरेको विज्ञप्तिमा अहिले सबैको प्राथमिकता चुनाव भएका भन्दै त्यसको सम्मानस्वरुप फिल्मको प्रदर्शन स्थगित गर्नुपरेको उल्लेख गरिएको छ।

साथै मुलुकमा नयाँ सरकारको गठन र निर्वाचनपछिको सहज वातावरण बनेलगत्तै नयाँ प्रदर्शन मिति घोषणा गरिने विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘देशको यो संवेदनशील समयलाई सम्मान गर्दै, हामीले फागुन १ गतेको प्रदर्शन मितिलाई हालका लागि स्थगित गर्ने निर्णय गरेका छौँ। मुलुकमा नयाँ सरकारको गठन र निर्वाचनपछिको सहज वातावरण बनेलगत्तै हामी कल्लीलको नयाँ प्रदर्शन मिति घोषणा गर्नेछौँ।’

लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा किरण नेपालीले लगानी गरेका छन्। फिल्मले मानिसभित्र हुने देउता र राक्षसीपनको कथा प्रस्तुत गर्ने टिमले बताएको छ।

फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, उत्तम प्रधान, अर्पण थापा, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, परीक्षा लिम्बू, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, संजोग राणा, गीता अधिकारीलगायत कलाकारले अभिनय गरेका छन्।

निर्देशक सुनारकै कथा रहेको फिल्म महेश दवाडीको पटकथा तथा संवाद, निशाल पौडेलको डीओपी, मिलन श्रेष्ठको सम्पादन, आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत तथा एनवी महर्जनको द्वन्द्व निर्देशनमा बनेको छ।

फिल्म निर्माणमा लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको सहकार्य छ।

प्रकाशित: १३ माघ २०८२ १२:४४ | Tuesday, January 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast